शरद रेग्मी
तुलसीपुर, २६ पुस । दाङको तुलसीपुरमा सञ्ंचालन भइरहेको ‘क्लीन तुलसीपुर ग्रीन तुलसीपु’ सरसफाई अभियानमा सबैको सक्रियता वढ्दै गएको छ । पछिल्लो समयमा यस क्षेत्रका जेष्ठ नागरिकहरुले अभियानमा सक्रिय देखिएका छन् ।
जेष्ठ नागरिक उत्साहका साथ प्रत्येक मंगलवार हुने सरसफाई अभियानमा सक्रियताका साथ सहभागी हँुदै आएका छन् । यो सामुहिक काम हो हामीले जाडो र घाम भनेर पञ्छिना खाज्यौ भने अभियान पनि सफल नहुँने र विकासकोटोका पनि नखुल्ने ज्येष्ठ नागरिक तुलसीपुरका अध्यक्ष ललितबहादुर वलीले बताए ।
यसैबीच २१ औं हप्ताको सरसफाई अभियानमा गोरखा मोडेल कलेजका दर्जनौ विद्यार्थी सहभागीतामा विरेन्द्र चौक देखि नयाँ वसपार्कसम्म सरसफाई गरिएको छ । कार्यक्रममा कलेजका प्रमुख डम्वर डाँगीलगायत शिक्षक तथा विद्यार्थी अभियानमा सहभागी भएका थिए ।
त्यस्तै अभियानमा प्रत्येक हप्ताजस्तै १९ नं वाही तुलसीपुर, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, तुलसीपुर नगरजेसीज, रोट्रयाक्ट कल्ब, अफीसर्स कल्ब, विभिन्न राजनितिक दल, संघसंस्था, विभिन्न टोल विकास संस्था, यातायात व्यवसायी, नागरिक समाज, महिला अधिकारकर्मी, महिला उद्यमीलगायतको सक्रिय सहभागिता थियो ।
