इन्द्रेणी संवाददाता
दाङ, २६ पुस । ग्याँस विक्रेता महासंघ नेपालको चौथो साधारणसभा दाङमा हुने भएको छ । ग्याँस विक्रेता संघ दाङलेआज पत्रकार घोराहीमा सम्मेलनको आयोजना गरी यही पुस २९ गते घोराहीको भिग्रेली भिलेजमा हुने जानकारी दिएको छ ।
साधारणसभाको उद्घाटन गर्ने नेपाल आयल निगमका निर्देशक कार्यकारी गोपालबहादुर खड्का आउन पत्रकार सम्मेलनमा ग्याँस विक्रेता संघ घोराही दाङका अध्यक्ष नरेश कार्कीले बताए ।
पछिल्लो समयमा ग्याँस विक्रेताहरु समस्यामा परेको भन्दै त्यो समस्या समाधानका लागि यसै साधारणसभाबाट आन्दोलनको सुरुवात समेत हुने अध्यक्ष कार्कीले जानकारी दिए ।