दाङ २६ पुस । दाङको घोराहीमा महोत्सब सञ्चालन हुने भएको छ । घोराहीको नवलपुरमा माघको २७ गते देखि फाल्गुन ९ गते सम्म मध्यपश्चिम ब्यापारीक, सास्कृतिक एबं पर्यटन महोत्सब सञ्चालन हुने भएको हो ।
ब्यबसायी प्रर्बधन, कृषिको विकास र विस्तार, सस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रर्बधनका लागि महोत्सब सञ्चालन गर्न थालेको आयोजक सस्था नवजागरण नेपालले जानकारी दिएको छ ।
नवजागरण नेपालले आज घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सब सञ्चालन गर्न थालेको बारेमा जानकारी दिएको छ । खेलकुद क्षेत्रको प्रर्बधन, सम्बर्धन र विकास गर्नका लागि पनि महोत्सबले महत्वपुर्ण भुमिका निर्बाह गर्ने आयोजकले बताएको छ ।
खेलक्षेत्रको विकास र प्रचारप्रसार गर्ने र एकै पटक हजारौँलाई लागु औषध दुब्र्यसनी न्युनिकरणका लागि पनि महोत्सब आयोजना गरेको नवजागरण नेपालका अध्यक्ष यमबहादुर पुनले जानकारी दिनुभएको छ ।
स्थानिय कृषि उत्पादकत्वको प्रचारप्रसारका लागि स्टलहरु छुट्याईएको महोत्सब मुल आयोजक समितिले बताएको छ । स्टलहरुमा स्थानिय उत्पादनका सामग्रीहरुको प्रर्दशनका लागि समेत राखिने भएको छ । २ सय ५० बढि स्टलहरु रहने महोत्सबमा यसक्षेत्रका विभिन्न सास्कृतिक प्रस्तुती समेत राखिने बताईएको छ ।
विभिन्न राष्ट्रियस्तरमा चर्चित कलाकारहरुको प्रस्तुती रहने महोत्सबमा स्थानिय रुपमा प्रचलित सास्कृतिक कार्यक्रमहरु समेत राखिने समितिले बताएको छ ।
महोत्सबमा आकर्षणका लागि हात्ति, उँट समेत ल्याउने र हात्तिमा चढेर महोत्सब अबलोकन गर्ने व्यवस्था मिलाईने भएको हो । बाल उद्यानका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहने भएका छन् ।
महोत्सब मुल आयोजक समितिका संयोजक यमबहादुर पुनको अध्यक्षता तथा प्रेस सेन्टर दाङका अध्यक्ष डिल्ली मल्लको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा यमबहादुर पुनले महोत्सब सञ्चालनका लागि यस अगाडी नै स्थानिय प्रशासनबाट अनुमति प्राप्त गरीसकेको जानकारी दिनुभएको छ ।
घोराहीको नवलपुरमा सञ्चालन हुने महोत्सबको तयारी सुरु गरीसकेको महोत्सबमा प्रचारप्रसार समितिका संयोजक नवीन अभिलाषीले जानकारी दिनुभएको छ । महोत्सबमा लागि केहि सामानहरु झारीसकेको छ भने केहि दिनमै बार लगाउने काम सुरु हुने आयोजकले बताएको छ ।
धेरै भन्दा धेरै दर्शकहरुलाई सहभागिता गराउने उदेश्य रहेको महोत्सब सञ्चालनका लागि विभिन्न क्षेत्र संग समन्वय, भेटघाट र छलफलको काम भैरहेको उपसमितिहरुको संयोजक टीका थापाले जानकारी दिनुभएको छ ।
