img_0153भरतराज शर्मा , तुलसीपुर २६ पुस ।  सिंचाई मन्त्री दीपक गिरीले प्रदेश नंं. ५ को केन्द्र दाङ नै वन्ने दावी गरेका छन । सोमवार तुलसीपुर नगरपालिकाको २१औं नगरपरिषद उद्धघाटन गर्दै  नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका गिरीले प्रदेश नं. ५ को राजधानी बन्न लायक सबैभन्दा उपयुक्त स्थान दाङ नै भएको  बताएका हुन ।

‘उच्च अदलात दाङमा त्यति कै आएको हैन’ धेरै भाषण नगरौं त्यसमा मेरोपनि योगदान छ भन्नु गलत होला तर, सत्य यही हो ।’ तर उनले दाङमा प्रदेशको केन्द्र स्थापना गर्दा लमही , घोराही र तुलसीपुर जहाँ भएपनि आफुलाई स्वीकार्य हुने तर त्यो दाङ मै हुनुपर्ने बताएका थिए ।  जिल्लाको जुन सुकै स्थानमा राजधानीको केन्द्र बनाउँदापनि जिल्ला वासी एक हुनपर्ने उनको तर्क थियो ।

उनले थपे ‘ जहाँ भएपनि दाङालाई नै मुख्य केन्द्रविन्दु वनाउन हामी सहमत बन्नुपर्छ ।’ सिंचाई मन्त्री गिरीले जनभावना समेटेर नगरपलिकाले ल्याएको नीति तथा कार्यक्रम सफल कार्यान्वयनको लागि शुभकामना व्यक्त गरेका थिए । लामोसमय देखि स्थानीय निकाय जनप्रतिनिधि विहिन हुँदा जनअपेक्षा अनुसार विकासले गति लिन नसकेकाले जति सक्यो छिटो स्थानीय निकायको निर्वाचन गराउनुपर्ने उनले बताएका थिए । उनले माघको पहिलो वा दोस्रो साता सम्म स्थानीय निकाएको निर्वाचनको मिति घोषणा हुने दाबी समेत गरेका थिए ।

मन्त्री गिरीले मुलुकको निकासका लागि र प्राप्त उपलब्धि सँस्थागत गर्नका लागि सवैदलका शिर्ष नेताहरुलाई जिम्मेवार रुपमा प्रस्तुत हुन आग्रह पनि गरेका थिए । उनले भनेका थिए ‘महामानव बीपीका अनुसार २०१७ सालको कू को प्रमुख कारण स्थानीय निकाएको निर्वाचन नहुनुकै परिनामा थियो र अहिले पनि लामो सयम देखि त्यो नभएको हुँदा पहिलो कतव्र्य निर्वाचन गराउनु नै हो ।’

सिंचाई मन्त्री गिरीले दाङमा सिचाई सुविधा उपलब्ध गराई उर्वरभूमिवाट आवश्यक्ता अनुसारको खाद्यन्न उत्पादन गर्न आफु चिन्तन शिल  रहेको बताए । उनले  ववई नदी तटिय क्षेत्रमा प्रत्यक ५ सय मिटरको फरकमा सोलार लिफ्ट सिंचाई परियोजना र जिल्लामा रहेका १३ खहरे खोलाहरुमा रवर हाईडयाम निर्माण गरी जिल्लामा सिंचाईको प्रवन्ध मिलाउने प्रयासमा आफुरहेको वताएका थिए ।

तेश्रो विकल्पका रुपमा सल्यानको सारदा नदीलाई ड्राईभर्सन गरी दाङमा सिंचाई सुविधा उपलब्ध गराउन प्राविधिक टोली शारदा नदीमा पुगेको उनले जानकारी दिए । शारदा नदीमा यसअघि हाईड्रोपावरको प्रकृया अगाडि वढेको भएपनि जलश्रोत नियमअनुसार खानेपानी र सिंचाईकालागि प्रयोग हुनसक्ने संभावना रहेको भएपनि त्यो खारेजहुने उनले जानकारी दिए ।

जिल्लाको पुरै खेती योग्य जमिनमा सिंचाई सुविधा उपलब्ध गराउन आफुले वृहत दाङ सिंचाई पिरयोजना अगाडि वढाएको वताएका मन्त्री गिरीले जिल्लाको सडक कालोपत्रे र तुलसीपुरको एयरपोर्टको भविस्यमका वारेमा आफुले निरन्तर पहल गरिरहेको बताएका थिए ।

मन्त्री गिरीले टरिगाउँ एयरपोर्टको स्तरवृद्ध गरी अव टुइनटर विमान हैन ठूला विमान सञ्चालनका लागि नागरिक उड्यन प्राधिकरणसंग कुराकानी भएर प्राविधिक अध्ययन समेत भएकोले  अव छिट्टै टरिगाउँ विमान स्थलमा ठुला हवाई जहाजले उडान भर्ने उनले आश्वासन दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै दाङ क्षेत्र नं. ५ बाट निर्वाचित सांसद वुद्धिरामा भण्डारीले प्राप्त लोकतन्त्रलाई संस्थागत गरी स्थानीय निकायको निर्वाचन गराए मात्र नागरिकहरुमा लोकतन्त्रको प्रत्याभुति हुने बताएका थिए । देशको संक्रमण काललाई अन्तगर्न सवै साँसदहरु जिम्मेवार हुनुपनर्ने उनको धारणा थियो ।  उनले विकास निर्माणमा जनभावना अनुसार अगाडि वढन नसकेको उल्लेख गर्दै नगरपालिकाले  प्रस्ताव गरेको नीति तथा कार्यक्रमको सफल कार्यान्वयनको शुभकाना दिएका थिए ।

त्यस्तै सांसद डिल्लीवहादुर चौधरीले नगरको सुन्दरता नै विकासका पुर्वाधारहरुले तय गर्ने भएकाले नगरको समग्र विकासमा सवै नगरवासी एक हुनुपर्ने वताएका छन् । भौतिक पुर्वाधार संगै नगरवासीको मानविय विकास र साँस्कृति संरक्षणको जिम्मेवारी पनि नगरपालिका कै भएको भन्दै यहाँका गाईनेहरुको सारङगी र वादीहरुको मादल संरक्षणमा समेत नगरपालीकाले चासो देखाउनु पर्ने उनको धारणा थियो ।

साँसद चौधरीले विकास निर्माण वोलवालको पहुँचमा मात्र नभई यहाँका पुराना आदिवासी र  विपन्न वस्तीहरुमा समेत पुर्याउनु नगरपालिकाको कर्तव्य भएको वताएका थिए । तुलसीपुर क्षेत्रको थप विकासमा आफु लागिपरेको दावि गर्दै  साँसद चौधरीले तुलसीपुरका विभिन्न ८ सडक कालोपत्रका लागि यातायात मन्त्रालयवाट १५करोड वजेट विनियोजन भएको र नगर चक्रपथ सर्भे तथा निर्माणमा पनि थप वजेट व्यवस्थापन गर्ने प्रतिवद्धता गरेका थिए ।

पछिल्लो समय विकास निर्माणका लागि वजेट विनियोजनमा  शसक्त भुमिका निर्वाह गरेका सांसद चौधरीले नगर परिषदमा सहभागी नगरवासीहरुलाई विकासका लागि सांसदहरुलाई गालि गर्न अनुरोधपनि गरे । नागरीक वाट जति दवाव आउँछ साँसदहरु त्यतिनै विकासका लागि लागिपर्ने भन्दै उनले सरहना मात्रै हैन विकास माग्न नेताहरुलाई गालि गर्न समेत आग्रह गरेका थिए ।

उनले एमालेका जिल्ला स्थित नेताहरुलाई बुटवल राजधानी बनाउने गरि एमालेले सञ्चालन गरेको आन्दोलनमा सहमति नजनाउन आगह गरेका थिए । उनले भनेका थिए ‘ नेपाली काँग्रेसका शंकर भण्डारी र बालकृष्ण खाँणहरुले बुटवल राजधानी बनाउनका लागि एमाले संग मिल्न हुन्छ भने हामी दाङलाई राजधानी बनाउन किन एमाले वा अन्य दलसंग मिल्न नहुने ।’

उनले क्षत्रीय राजनीति हावि हुँदै गर्दा राजनीतिक स्वार्थको लागि भन्दा पनि क्षेत्रीय स्वार्थृका लागि एक हुनुपर्ने समय आएको बताएका थिए । सांसद चौधरीले भने ‘ कि हामीलाई सल्याण र रुकुम पनि चाहिन्छ हैन भने लुम्विनी अञ्चल टुक्रिनु हाम्रो लागि सामान्य हो तर दाङ प्रादेशीक राजधानी बन्नुपर्छ भन्ने हाम्रो स्वार्थ हो ।’

गाँउ र शहर जोडन आग्रह
यसैविच नपरिषद उद्धघाटन सत्रका अन्य बक्ताहरुले स्थानीय निकाय  पुर्नंसचनामा तुलसीपुर नगरपालिकालाई उप–महानगरपालिकामा लगेकोमा   खुसी व्यक्त गरेका थिए ।
उनीहरुले प्रस्तावित उपमहानगर पालिकाको हैसियतमा तुलसीपुर नगरपालिकालाई पुर्याउन गाँउ र शहर जोडने सडक कालोपत्रे,नगरवासिको उद्यमशिलता विकासका साथै औधोगिक विकासमा समेत नगरपालिकाले वजेट प्रस्ताव गर्नुपर्ने सुझाव दिएका छन् ।

परिषद उद्धघाटन सत्रमा वोल्ने वक्ताहरुले लामोसमयदेखि स्थानीय निकाय जनप्रतिनिधि विहीन हुँदा भ्रष्टाचार मौलाउनुका साथै उपभोक्ता समितिको अध्यक्ष वन्न गरिने होडले राम्रो शंकेत नगरेको बताएका थिए । जनप्रतिनिधि नहुँदा स्थानीय निकायमा जनभावना अनुसार विकास निर्माण अगाडि वढन नसकेको र नीतिगत भ्रष्टाचार वढेको भन्दै बक्ताहरुले चिन्तासमेत व्यक्त गरेका थिए ।

तुलसीपुर नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्रवहादुर केसीको अध्यक्षता एवं सिंचाई मन्त्री दीपक गिरीको प्रमुख आतिथ्यता र  साँसदहरु वुद्धिराम भण्डारीको र डिल्लीबहादुर चौधरीको विशिष्ट आतिथ्यतामा भएको नगरपरिषद उद्धघाटन सत्रमा नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का ,नेकपा एमालेका जिल्ला अध्यक्ष टिकाराम खड्का,नेकपा माओवादीका जिल्ला सह–ईन्चार्ज निर्मल आचार्य,राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष टोपवहादुर शाह, राष्ट्रिय जनमोर्चाका जिल्ला कोषाध्यक्ष ऋषिराम पौडेल, नेपाल सदभावना पार्टीका ओमप्रकाश  गुप्ता , अखण्ड नेपाल पार्टीका जिल्ला अध्यक्ष दलवहादुर वली , नेकपा क्रान्तीकारी माओवादीका हिरामणि दु ःखी, राष्ट्रिय जनमुक्ति पार्टीका ठाकुर रोका ,संघीय लोकतान्त्रिक राष्ट्रिय थारु मञ्चका शरण थारु,  नयाँ शक्ति नेपालका विर क्षेत्री, सामाजिक लोकतान्त्रीक पार्टीका तिलवहादुर पुन,  जनजागरण पार्टीका टोपवहादुर महतरा लगाएतले नगरको विकास निर्माण गर्दा समन्ताको  सिद्धान्तका आधारमा विकास प्रस्ताब गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा स्थानीय विकास अधिकारी कुलवहादुर जिसी, तुलसीपुर नगरका  संस्थापक नगर प्रमुख शंकर प्रशाद आचार्य, भूतपुर्व नगरप्रमुख ढुण्डीराज लामिछाने,  पुर्व नगर उप प्रमुख घनश्याम पाण्डे, नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मी, तुलसीपुर उद्योग वाणिज्य संघका  अध्यक्ष विमल रिजाल,  मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव शुसिल वस्नेत, पत्रकार महासंघ दाङका सदस्य वालाराम खड्का , वडानागरिक मञ्चकी संयोजक नोखी रावत लगाएतले नगरपरिषदको सफलताको शुभकाना व्यक्त गरेका थिए ।

नगरपालीकाका वरिष्ठ वित्तिय अधिकृत ललितबहादुर घर्तीको  स्वागत  मन्तव्य वाट शुरु भएको परिषदमा सहभागिहरुलाई धन्यवाद वोर्ड सदस्य कृष्ण भुसालले गरेकाथिए भने कार्यक्रमको सहजीकरण सूचना अधिकारी झरेन्द्र खरेलले गरेका थिए ।

तुलसीपुर नगरपालिकाले आगामि आर्थिक वर्ष ०७४/०७५ का लागि ३१ करोड  १८ लाख ३७ हजार बजेट प्रस्ताव गरेको छ । आर्थिक वर्ष २०७४/०७५ का लागि पुँजीगततर्फ २६ करोड, २६ लाख ७६ हजार बिनियोजन गरिएको छ । जुन कुल बजेटको ८४.२४ प्रतिशत रहेको छ । त्यसैगरी चालुतर्फ ४ करोड ९१ लाख ६१ हजार बजेट बिनियोजन गरिएको छ । जुन कुल बजेटको १५.७६ प्रतिशत रहेको छ ।

गत वर्षको वजेटलाई तुलना गर्दा आगामी वर्षको वजेट १० करोड रुपैंयाँले बढी रहेको छ । तुलसीपुर नगरपालिकाको सोमवार जारि गरेको २१औं नगर परिषदमा निति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यकारि अधिकृत टोपेन्द्रबहादुर केसीले पँुजीगत खर्च तर्फ लक्षित विकास कार्यक्रम अन्तर्गत महिला, बालबालिका र अन्यतर्फ १ करोड ९२ लाख, प्रवद्र्धनात्मक कार्यक्रममा २ करोड ६५ लाख ८ हजार, नगरस्तरीय पुर्वाधार तर्फ ९५ लाख, वडा स्तरीय पुर्वाधार विकास कार्यक्रमकालागि एक करोड ९० लाख, ठूला पुर्वाधार योजना तर्फ २ करोड, नगरक्षेत्र पुर्वाधार विकास कार्यक्रममा दुइ करोड ७१ लाख ६ हजार बजेट विनियोजन गरिएको जानकारी दिएका हुन ।

त्यसैगरी सडकवोर्ड नेपाल बाट ६६ लाख, बसपार्क निर्माण तर्फ ५ करोड, समपुरक कोष बाट ७० लाख, आयोजना व्यवस्थापनमा १८ लाख, मर्मत संम्भार कोष १० लाख, शहरी स्वास्थ्य केन्द्र सञ्चालन, १० लाख, स्थानिय शान्ति समिति ६० हजार , बालमैत्री स्थानीय शासन कार्यक्रम ६५ लाख, सामाजिक सुरक्षा कार्यक्रम तर्फ ९ करोड, फोहरमैला व्यवस्थापनमा ७५ लाख, सौर्य सडकबत्ति कार्यक्रममा ५२ लाख, सफट्वयर जडानमा तथा सेवा शुल्क ३ लाख, सार्वजनिक निजी साझोदारी कार्यक्रममा ५ लाख, वातावरण व्यवस्थापन तथा निर्माणमा १० लाख, वातावरण व्यवस्थापन कोष ७ लाख ५० हजार , चक्रपथ ब्यवस्थापन तथा निमार्णमा १० लाख , बिपद ब्यवस्थापन कोषमा ५ लाख र बारुण यन्त्र संचालनका लागि ४ लाख ३९ हजार बजेट विनियोजन गरिएको बताए  ।

त्यसैगरि परिषदमा बोल्दै कार्यकारी अधिकृत केसीले नगरपालिकाले तय गरेका रणनितिक योजनाहरु तथा कार्यक्रमहरु समेत सार्वजनिक गरेका थिए । जस अन्र्तगत नगर पालिकाको अद्यावधिक योजना निमार्ण , भित्रि र बाहिरि चक्रपथको सम्भाव्यता अध्यण पश्चात भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र सडक बिभाग मार्फत निमार्ण , तुलसीपुर क्षेत्रको सडकको गुरुयोजना निमार्ण तथा कार्यान्वन , नगर भित्रका सहरि सडकहरुको सिमा निर्धारण र सहमतिमा खोलिएका सडकहरुको लगत कट्टि गर्ने , नगरका मुख्य सडकहरुमा सौर्य उर्जा बाट सडक वत्ति जडान तथा बिस्तार रहेको छन ।

त्यसैगरि राप्ति अंचल अस्पताल, आखा अस्पताल र राप्ति अंचल आर्युवेद औषधालयको पुर्वाधार निमार्ण , तुलसीपुर नगर पालिका क्षेत्र भित्रका खानेपानीका श्रोतहरुको संरक्षण , राप्ति शान्ति उद्यान र शहित स्मृति पार्कको निमार्ण तथा ब्यवस्थापन , वडा नम्वर १ र ७ मा भ्यु टावन निमार्णका लागि सम्भाव्यता अध्यण , नगर पालिका भित्रका सरकारि तथा ऐलानि प्रति जग्गाको लगत संकलन गरि सो को संरक्षण गर्ने, तुलसीपुर खानेपानि संगको समन्वयमा पातुखोलामा हाइड्याम निमार्ण , टरिगाउँ बिमान स्थलनको संचालन , ईन्धन डिपो स्थापना र बिमान स्थलको स्तर उन्नतिका गर्ने लगाएतका रहेका छन ।

राप्ती समाचार