इन्द्रेणी संवाददाता
दाङ, २६ पुस । दाङका पत्रकारहरुको निःशुल्क रुपमा मृगौला जाँच गरिएको छ । नेपाल पत्रकार महासंघ दाङको संयोजना तथा जिल्ला जनस्वास्थ्य कार्यालय दाङको प्राविधिक सहयोगमा आज पत्रकार महासंघ दाङमा निःशुल्क मृगौला जाँच गरिएको हो ।

1सो अवसरमा करीव ७० जना वढीले मृगौला सम्बन्धी समस्या जाँच गराएका थिए । सो क्रममा डिप स्टीक टेष्ट किटमार्फत मृगौलाको समस्याबारे परिक्षण गरिएको थियो ।

2कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय दाङका जनस्वास्थ्य अधिकृत जनार्दन गौतमले यो किटमार्फत पिसाव जाँच गर्दा सुगर, अल्कालाइनलगायतका मात्रा कति छ भन्ने बारेमा जानकारी हुने र स्वासथ्य जाँचका लागि थप प्रक्रिया अघि वढाउन सचिजो हुने बताए । जाँचको क्रममा केहीको समान्य समस्या देखिए पनि धेरैको राम्रो देखिएको थियो ।

नेपाल पत्रकार महासंघ दाङको संयोजना तथा जिल्ला जनस्वास्थ्य कार्यालय दाङको प्राविधिक सहयोगमा आजै तुलसीपुरमा र भोलि लमही क्षेत्रमा पनि पत्रकारहरुको निःशुल्क मृगौलाको समस्या जाँच गरिने पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतमले जानकारी दिए । यसैबीच आजै तुलसीपुरमा भएको मृगौला जाँचमा त्यस क्षेत्रका ४८ जना पत्रकारले जाँच गराएका छन् ।