nebisangh.jpgnebisangh.jpgतुलसीपुर २५ पुस ।  जहां विद्यार्थी त्यहां नेविसंघ भन्ने नेविसंघ केन्द्रको ६ महिने जनजागरण अभियान अन्तर्गत नेविसंघको केन्द्रीय टोली दाङ आईपुगेको छ । नेविसंघ केन्द्रीय उपाध्यक्ष पवन यादवको नेतृत्वमा दाङबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु कुलराज खनाल, विजय गौतम, अर्चना रेग्मी र पवन नेपाली दाङ आएको नेविसंघ जिल्ला सदस्य सुवास डांगीले जानकारी दिए ।

संविधान कार्यान्वयनका लागी स्थानिय निकायको निर्वाचन तथा स्ववियु निर्वाचनलाई लक्षीत गर्दै जिल्ला जिल्लामा जनजागरण अभियानलाई लैजाने क्रममा दाङ आईपुगेको केन्द्रीय उपाध्यक्ष यादवले जानकारी दिए ।

स्थानिय स्तरमा नेविसंघको संगठनलाई चुस्त दुस्त वनाउन यो अभियानले प्रभावकारी भुमिका खेल्ने अपेक्षा लिईएको समेत यादवले बताए । यसैविच नेविसंघ जिल्ला अध्यक्ष राज कुमार डांगी र जिल्ला सचिव ऋषीश्वर न्यौपानेले एक विज्ञप्ती जारी गरी मंगलवार पार्टी कार्यालय घोराहीमा भेलाको आयोजना गरिएको जानकारी दिए ।

मंगलवार विहान ११ वजे आयोजित नेविसंघ केन्द्रीय टोली संगको अन्तक्रियात्मक भेलामा उपस्थितिका लागि सयबैलाई आग्रह पनि गरिएको छ ।