बाँके २५ पुस । नेकपा एमालेको भातृ संगठन युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढालाई खुकुरी हानेको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका आफ्ना नेता रिहाइको माग गर्दै तरुण दलले आह्वान गरेको अनिश्चितकालीन बाँके बन्द सोमबार दिउँसोबाट फिर्ता भएको छ ।
सोमबार दिउँसो २ बजेबाट बन्दका कार्यक्रम फिर्ता लिइएको नेपाली कांग्रेस नेपालगञ्ज उपमहानगर कार्य समितिका सभापति प्रशान्त बिष्टले जानकारी दिए । आन्दोलनको स्वरुपमा परिवर्तन गर्ने तरुण दलले बताएको छ ।
