शिवा डाँगी
सल्यान, २५ पुस । सत्य युुगमा महादेवले सतीदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा सतिदेवीको अन्तिम अंग पतन भएको छाँयाक्षेत्र धार्मिक पर्यटनको गन्तव्य हो । जुन सल्यानको छाँयाक्षेत्र १ मा अवस्थित छ ।

img_0501दाङ–सल्यान–रुकुम सडकखण्डको घोप्टे अम्राइ भन्ने स्थानबाट करिव साडे ३ किलोमिटरको दुुरीमा अवस्थित छाँयाक्षेत्र मोक्ष प्राप्ति गर्ने पुण्यभूूमि भएको धार्मिक विश्वास छ । र उक्त पुण्य भुमिमा गत विहिबार कलाकार तथा पत्रकारको टोलि पुग्यो । सल्यानको महोत्सवमा आएका केन्द्रीय तथा जिल्ला स्तरका कलाकारहरु छत्रेश्वरि सतिपिठमा पुगेर दर्शन, पुजाअर्चना, भजनकृतन र भोजन समेत त्यहिँ गरे ।

छाँयाक्षेत्र सल्यान सदरमुुकाम खलंगादेखि १९ किलोमिटर दक्षिण पूूर्वमा पर्दछ । सल्यानको शारदा नदीको पूूर्वतिर अवस्थित छाँयाक्षेत्र धार्मिक हिसाबले जतिसुकै महत्व भएपपनि प्रचारप्रसार हुुन नसक्दा पर्यटन प्रर्वद्धन हुुन सकेको छैन । विहिबार त्यहाँ पुगेका कलाकारले छत्रेश्वरि भगवती मन्दिरको प्रचारप्रसार गर्ने वाचा सहित भजन समेत गाय ।

कलाकारहरु राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका केन्द्रीय सचिव कृष्ण रेउले, प्रतिष्ठानका सल्यान सचिव शंकर केसी, चर्चीत गायक तथा मोडल दुर्गेश थापा, गायक हेमन्त शिशिर, र्यापर तथा संगीतकार मिस्टर आरजे, लोक दोहोरि गायक शक्ति चन्द, भुवन विश्वकर्मासहितको टोलीले आफाना प्रस्तुती राखेका थिए ।