काठमाडौँ, २५ पुस । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी जेठ महिनादेखि मुलुक लोडसेडिङमुक्त बनाउने बताएका छन् । आज ऊर्जा मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जेठदेखि मुलुकका कुनै पनि भागमा लोडसेडिङ नहुने बताएका हुन् ।

images-cms-image-000007796देशभित्र हाल करिब ६ सय मेगावाट मात्र विद्युत् उत्पादन भएका कारण माग पूरा गर्न प्राधिकरणले भारतबाट ३ सय ४० मेगावाट विद्युत् आयात गरिरहेको छ ।
आगामी तीन(चार महिना विद्युतको व्यवस्थापन गर्न निकै चुनौती रहेपनि जेठमा देशभित्रको उत्पादन ९ सय मेगावाट पुग्ने भएकाले जेठदेखि मुलुक लोडसेडिङमुक्त हुने उनले बताए ।