दाङ, २५ पुस । बिभिन्न राजनीतिक दलमा आबद्ध दलित संघ संगठनको साझा मोर्चा संयुक्त राजनितिक दलित संर्घष समिति दाङको संयोजकमा प्रकाश नेपाली चयन भएको छन् ।
सोमवार सम्पन्न भेलाले नेपालीको संयोजकत्वमा २१ सदस्य नयाँकार्य समिति चयन गरेको हो । समितिको सहसंयोजकमा चुर्ण परियार, जगत दलामी, टीका विक निर्मला विक रहेका छन् ।
यस्तै समितिको सदस्य सचिवमा जनक नेपालीलाई विभिन्न राजनितिक दलका दलित संघ संगठनले सर्व—सम्मतरुपमा चयन गरेका हुन । समितिको सदस्यहरुमा बावुराम विक, लोका विक,कृष्ण नेपाली,विष्णु परियार,ओमकुमारी नेपाली,अर्जुन परियार,बलदेव विक,प्रेमा विक,अमृता विक,दुर्गा बहादुर नेपाली र लिला नेपाली रहेका छन् ।
त्यस्तै सल्लाहकारमा जोगेन्द्र विश्वकर्मा, मानबहादुर विश्वकर्मा, राधिका परियार, चन्द्रबहादुर नेपाली, मानबहादुर गोल्ड स्मिथ र चुर्ण सुनार रहेका छन् ।
