इन्द्रेणी संवाददाता
तुलसीपुर, २५ पुस । तुलसीपुर नगरपालिकाको २१ औं नगरपरिषदको उद्घाटन सिंचाइ मन्त्री दिपक गिरीले गरेका छन् । परिषदमा नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्रबहादुर केसीले आगामी आर्थिक वर्ष २०७४/७५ का लागि नगरको समग्र विकासका लागि ३१ करोड १८ लाख ३७ हजार रुपैयाँ बराबरको बजेट पेश गरेका छन् ।

img_0153जसमध्ये पूँजीगततर्फ २६ करोड २६ लाख ७६ हजार विनियोजन गरेको छ भने चालुतर्फ ४ करोड ९१ लाख ६१ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । नगरपालिकाले आगामी वर्षका लागि पनि आफ्ना नीति तथा कार्यक्रममा केही विगतका योजनालाई निरन्तरता दिने काम गरेको छ भने केही नयाँ कार्यक्रम पनि अघि सारेको छ । यो बजेट चालु आर्थिक वर्षको भन्दा करीव १० करोड वढी हो ।

कार्यक्रममा सांसदहरु बुद्धिराम भण्डारी, सांसद डिल्लीबहादुर चौधरी, नेपाली काँग्रेसका सभापति कीर्तिबहादुर खड्का, नेकपा एमालेका, नेकपा माओवादी केन्द्र दाङका संयोजक निर्मल आचार्यलगायत विभिन्न दलका प्रतिनिधिहरुको सहभागिता छ भने परिषदलाई शुभकामना एवं सुझाव दिएका थिए ।