पुस २५ – भारत प्रशासित काश्मिरको अखनुरमा सेनामाथि आक्रमण भएको छ । आक्रमणमा तीन जना भारतीय सैनिकको ज्यान गएको छ । अखनुरको बटालामा रहेको भारतीय सेनाको जनरल इन्जिनियरिङ कोरका सैनिकमाथि आक्रमण भएको हो ।

indernionlineआक्रमणकारी फररा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो आतंककारी आक्रमण रहेको भारतीय अधिकारीको भनाई छ ।

तर सेनाले यस विषयमा औपचारिक रुपमा केहप् भनेको छैन । सेनाले अहिले त्यस क्षेत्रमा घेराबन्दी गरेको छ । आक्रमणकारीलाई पक्रिन सेनाले अभियान चलाएको छ ।