तुलसीपुर २५ पुस । यही माघ १३ देखि २३ गतेसम्म दाङको तुलसीपुरमा सञ्चालन हुन लागेका मध्यपश्चिम पर्यटन उद्योग ब्यापार महोत्सव २०७३ को तयारीलाई तिव्र पारिएको छ ।
महोत्सवको लागि गठित ३२ उप समितिहरुले आफनो कामलाई तिव्रता दिइरहेको महोत्सव सचिवालयले जानकारी दिएको छ ।
यसै बीच महोत्सव मुल आयोजक समिति अन्तरगतको सचिवालय उपसमितिको आइतवार तयारी बैठक बसेको छ । समितिका संयोजक नेत्रलाल ओलीको अध्यक्षतामा बसेका बैठकले महोत्सवको व्यस्थापनको लागि एकद्धार प्रणाली अपनाउने निर्णय गरेको छ । सुचना देखि अभिलेख व्यस्थापनको काम सचिवालयले गर्ने र सचिवालयबाट प्रशासरण भएको सुचनालाई मात्रै आधिकारिक रुपमा लिन सबैमा अनुरोध समेत गरेको छ ।
सचिवालयलाई आधुनिक प्रविधि संग विकास गरेर लैजाने निर्णय समेत गरिएको छ । त्यसको लागि मुल आयोजक समिति संग समन्वयात्मक बैठक गर्ने समेत निर्णय गरेका संयोजक ओलीले जानकारी दिए । सो अवसरमा सल्लाहकारहरु हेमन्त रिजाल, मान बहादुर डागी, निदेश कुमार डाँगी लगायतकाले विभिन्न सुझाव समेत दिएका थिए ।
यसैबीच झाकी ब्यवस्थापन समितिले एक प्रेस विज्ञप्ती निकालेर महोत्सवको शोभा बढाउनका लागि इच्छुक संघ संस्था, ब्यक्तीहरुले आफ्नो झाँकि दर्ता गराउन अनुरोध गरेको छ । समितिका संयोजक पहल बहादुर रोकायले प्रस विज्ञप्ती निकालेर हाल सम्म ७ वटा झाकी दर्ता भइसकेको र अन्यले पनि दर्ता गर्न आग्रह गरेका छन ।











