तुलसीपुर, २५ पुस । ग्वारखोला अबैद्यरुपमा नदिजन्य बस्तुको उत्खनन्मा प्रयोग भएका चारवटा ट्रिप्पर र एउटा जेसेवी प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले ग्वारखोलामा अबैद्य रुपमा नदिजन्य वस्तु उत्खनन् तथा खोसारपसारमा प्रयोग भएका रा १ ख ९०९४, रा १ ख ९०९५, रा १ ख १०४३ र ना ५ ख ८०९६ नम्वरको चारवटा ट्रिप्पर नियन्त्रणमा लिइएको हो ।
चारमध्ये रा १ ख १०४३ र ना ५ ख ८०९६ नम्वर गरी दुईवटा ट्रिप्पर ईलाका प्रहरी कार्यालयमा राखिएको छ भने थप दुईवटा ट्रिप्परहरु रा १ ख ९०९४ र रा १ ख ९०९५ नम्वरका चालहरु मध्येरात मै ट्रिप्पर छोडेर भागेपछि यी दुईवटा ट्रिप्पर भने अझै ग्वारखोलामै रहेको प्रहरीले जनाएको छ ।











