tharu-saskritikतुलसीपुर २४ पुस । तुलसीपुर ५ जवरपुरमा गठित मरुवा  निर्माण उपभोक्ता समितिले माघी संस्कृतिक प्रतियोगीताको आयोजना गर्ने भएको छ । तुलसीपुर ५ मा रहेको भुँह्यार थानमा २६ गते मंगलबार कार्यक्रम हुने समितिका अध्यक्ष रामशरण चौधरीले बताए । अध्यक्ष चौधरीका अनुसार उत्कृष्ठ हुनेलाई पुरस्कारको पनि ब्यबस्था गरिएको छ । कार्यक्रम शुरु हुनुपुर्ब क्बस सहितको जुलुसले तुलसीपुर बजार परिक्रमा गरिने सचिब हिरालाल चौधरीले जानकारी दिए ।

कार्यक्रममा थारुहरुको संस्कृति झल्कने खालका प्र्रस्तुति राखिने अध्यक्ष चौधरीले जानकारी दिए । थारुहरुले नयाँ बर्षका रुपमा मनाउने माघि पर्बका अबशरमा आयोजना गरिएको कार्यक्रममा उपस्थितिका लागि सम्पुर्ण थारु समुदाय, थारु अगुवा, समाजसेवी ,बुद्धिजिवी, नागरिक समाज,पत्रकार लगायतलाई अनुरोध पनि गरिएको छ ।