घोराही, २५ पुस । जिल्ला पशु सेवा कार्यालय दाङमा भएको भष्टाचारबारे बुझ्न पशु सेवा विभागले क्षेत्रीय निर्दे शकलाई खटाएको छ । पशु सेवा कार्यालयका प्रमुख डा. जगतबहादुर सिंखडाले विभिन्न शीर्षकहरुमा भ्रष्टाचार गरेको भनी सञ्चारमाध्यमहरुमा समाचार आएपछि पशु सेवा विभागले क्षेत्रीय पशु सेवा निर्दे शक डा. कृष्णलाल भट्टलाई सत्यतथ्य बुझ्न पठाएको हो ।

pasu-sewa-dangक्षेत्रीय प्रमुख डा. भट्टको संयोजकत्वमा चारजनाको कार्यदलले पशु सेवा कार्यालयका प्रमुखले गरेको भनिएको अनियमिततामा सत्यतथ्य बुझ्न थालेको छ । पशु सेवा कार्यालयका प्रमुख डा. सिंखडाले भवन निर्माण, जस्तापाता, किसानलाई दिइने घाँसको बीउ, काठ कटान, गाडी मर्मत लगायतमा लाखौ ं रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।

कार्यालयकै कर्मचारीहरुले डा। सिंखडाले अनियमितता गरेको र किसानहरुलाई मारमा पारेको आरोप लगाउँदै आएका छन् । क्षेत्रीय निर्देशक डा। भट्टले समाचारमा आएका कुराहरुलाई आधार माने र गहिरोरुपमा र कर्मचारीहरुसँग अनुसन्धान शुरु गरेको जानकारी दिनुभएको छ । यसैबीच भ्रष्टाचार गरेको आरो प लागेका डा। सिंखडा एक्कासी बिरामी परेको भन्दै बिदामा बस्नुभएको छ ।

पशु सेवा विभागले विभागमा तत्काल उपस्थित हुन निर्दे शन दिएको भनी समाचार समेत बाहिर आएको छ । तर डा। सिंखडाले आफू एक्कासी बिरामी परेको भन्दै डा. रमेश नेपालीलाई निमित्तको जिम्मेवारी दिएर काठमाडांै गएको कार्यालयले जनाएको छ । तर डा. भट्टले क्षेत्रीय कार्यालयलाई विदाको औपचारिक जानकारी नभएको बताउनुभयो । समाचार आएपछि त्रसित भएर विदामा गएको भन्नेबारेमा आफूलाई जानकारी आएको उहाँको भनाइ छ । नया युगबोधबाट