घोराही, २४ पुस । प्राविधिक शिक्षाको स्तर उन्नतिका लागि दाङको घोराहीमा यही माघ ३ देखि १० गतेसम्म सञ्चालन हुने राष्ट «निर्माण धार्मीक महोत्सव एवं श्रीमाद्भागवत सप्ताह ज्ञान महायज्ञ २०७३ सफल बनाउने विषयमा देउखुरी क्षेत्रमा भेटघाट तथा छलफल आज सम्पन्न भएका छन् ।

पद्मोदय पब्लिक नमुना माध्यामीक विद्यालय घोराही ११ भरतपुरको आयोजनामा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि एवं स्तरिय प्राविधीक शिक्षालय सञ्चालनार्थ “सबै धर्मबचि एकता, हामी सबैले बुझौ प्राविधीक शिक्षाको आवश्यकता” भन्ने मुल नारामा साथ घोराहीमा हुने महायज्ञ आयोजक मूल समितिको समूहले देउखुरीमा रहेका विभिन्न उद्योग वाणीज्य संघ, संघसंस्था एवं व्यक्तीहरुसँग छलफल गरेको छ ।

महायज्ञका निर्देशक अमरबहादुर डाँगीको नृतृत्वमा महायज्ञका अध्यक्ष गोविन्दप्रसाद न्यौपाने, दाङ जिल्ला उद्योग वाणीज्य संघका उद्योग उपाध्यक्ष खड्गबहादुर बुढाथोकी लगायतको टोलीले राप्ती उद्योग वाणीज्य सघ भालुवाङ, देउखुरी उद्योग वाणीज्य संघ लमही, सिसहनिया उद्योग वाणीज्य संघ, गढवा उद्योग वाणीज्य संघका पदाधिकारीहरुसँग भेटघाट एव. छलफल भएको थियो । त्यस क्रममा महायज्ञ सफल बनाउनकालागी आफूहरु प्रतिवद्ध भएर लाग्ने उहाँहरुले प्रतिवद्धता व्यक्त गरेको महायज्ञ आयोजक मूल समितिका कोषाध्यष निशान्त आचार्यले जानकारी दिए । देउखुरी क्षेत्रका अन्य विभिन्न संघसंस्था एवं प्रतिष्ठित व्यक्तिहरुसँग पनि भेटघाट एवं छलफल भएको उनले जानकारी दिए ।

दुई हजार कलश दाङ ल्याइयो
महायज्ञमा राखिने पवित्र शान्ति कलश दाङ ल्याइएको छ । शुद्ध तामाको कलश ल्याइएको महायज्ञका प्रचारप्रसार संयोजक सुदिप गौतमले जानकारी दिए । महायज्ञमा राख्नका लागि २ हजार कलश महायज्ञ सचिवालयमा ल्याईएको र बाँकी कलश ल्याईने उनले बताए ।