काठमाडौं, २४ पुस । निलम्वित अख्तियार प्रमुख लोमानसिंह कार्कीलाई सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा अयोग्य घोषणा गर्दै कार्कीको नियुक्ति बदर गरेको छ ।
न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको इजलासले कार्कीको योग्यता नपुगेको भन्दै बदर गरेको फैसला सुनाएको हो ।
कार्कीको नियुक्ति संविधान विपरित भएको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा रीट निवेदन दायर गरेका थिए। सर्वोच्च अदालतले सुरूमा अर्यालको रीट खारेज गरेको भएता पनि पछि प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले सो मुद्दा पुनः ब्युताएर सुनुवाई हुने निर्णय दिएको थियो।
सर्वोच्चले अब योग्यता पुगेकालाई अख्तियार प्रमुखमा नियुक्त गर्न संवैधानिक परिषद् र राष्ट्रपति कार्यालयको नाममा परमादेशको आदेश गरेको छ ।
