गोविन्द खड्का
घोराही, २४ पुस । राप्ती अञ्चल डेलिभरी सेवा वितरक संघको शनिवार घोराहीमा दोश्रो साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि पुर्वसामान्य प्रशासन मन्त्री एवं वर्तमान संसद रेखा शर्माले पानसमा बत्ती बालेर, विश्वकर्मा बाबाको फोटोमा माल्यार्पण गदै उद्घाटन गरिन् ।
प्रमुख अतिथि शर्माले शहिद गेटमुनी संघको ट्राफिक आइल्याण्ड स्थापनाबाट नागरीकको हित गरेको भन्दै प्रशंसा गरिन । संघले चालकहरुका लागि तालिम दिएर जनधनको सुरक्षामा पनि चासो देखाएको उनको भनाई थियो । जिल्लाकै प्रतिष्ठीत व्यवसायीको संस्था भन्दै शर्माले नगरका खानेपानी, वाटो, विद्युत नपुगेका क्षेत्रमा सहयोग गर्न आग्रह गर्नुभयो ।
‘दुईतिन बर्षमै धेरै राम्रा काम गरेको पाए’ शर्माले भनिन्, ‘विचारमा प्रतिस्पर्धा विकासमा एकरुपता देखाउनुस् ।’ उहाले हरेक क्षेत्रका व्यवसायीक व्यक्तिको सहभागिता रहेको संघको सञ्जाल देशभर विस्तार गर्न आग्रह गरिन् ।
छोटो समयमा धेरै प्रगति गरेको संस्था भनेर सबै जसो बक्ताहरुले संघको प्रशंसा गरेका थिए । कार्यक्रमका विशिष्ट अतिथि एवं घोराही खानेपानी सरसफाइ संस्थाका अध्यक्ष देवि वहादुर डिसीले यातायात हेलाको क्षेत्र भए पनि व्यवसायीले सम्मानको उचाई दिनुपर्ने बताए । नागरिकलाई घर आगनमा सेवा दिनु प्रशंसा योग्य काम भन्दै नफुटेर, झगडा नगरेर अघि बढ्न सुझाव दिए । चालकलाई सम्मान गर्ने परिपाटीले यातायात सुदृढ हुने डिसिको भनाई थियो ।
संस्थाका सचिव भरतराज श्रेष्ठको प्रतिवेदनमा स्थापना कालमा ४८ रहेका ७७ पुगेको उल्लेख छ । गाडिमा अनावश्यक टिप शुल्क लिने चलन हटेको, रसिद सहितका गाडिलाई कतै अबरोध नगरीएको, देशभरकै व्यवसायीलाई आवद्ध गर्ने, नारायणगढ, नेपालगञ्ज र सुर्खेत लगाएतका रुटलाई फराकिलो पार्ने, लगाएतका कार्यक्रम पेश गरीएको थियो । कोषाध्यक्ष टंकसिह बुढाथोकिले २० लाख छ हजार आठ सय ९० आम्दानी भएको प्रतिवेदन पेश गर्नुभएको थियो ।
त्यसमा दशलाख ३१ ह्जार आठ सय ९४ वैक मौजदात र सम्पती दुईलाख दुई हजार एकसय दश रुपैयाको जोडिएको उल्लेख गर्नुभएको छ । बत्ताहरुले सहभागिले फाईदामा गएको टिप्पनी गरेका थिए । यसैगरी कार्यक्रमका विशिष्ट अतिथि एवं नेपाल पत्रकार महासंघका अध्यक्ष सुदिप गौतमले आधारभुत एवं दैनिक उपभोग्य बस्तु घरआगनमा लगेर नागरीकलाई सेवा दिने संस्था भनेर स्रहना गरे ।
