गोविन्द खड्का
घोराही, २४ पुस । हरेक भित्तामा केही न केही लेखिएको छ । प्रहरीका विट, यात्रु प्रतिक्षालय, काउन्टरका भित्ता हरेक सबैतिर फरक फरक सरसफाई र सभ्यता मुलक सन्देश लेखिएको छ । झलक्क हेर्दा नाराले रंगिएको लाग्छ घोराही बसपार्क ।

20161226_114747‘प्रतिक्षालय वरपर फोहर नगरौ, सार्वजनिक स्थलमा मादक पदार्थ र चुरोट खान सख्त मनाहि छ’ सबैले देख्नेगरी ठुला अक्षरमा लेखिएको छ । सेवारखोला नया वसपार्क घोराहीको प्रतिक्षलयमा सेतो भित्तामा रातो अक्षर चम्किन्छ । सभ्य नागरीकका लागि यतिले पनि सबैकुरा बुझाउछ ।

20161226_114755अग्लो ठाउमा ‘वसार्कमा जथाभावि दिसापिसाव नगर्ने गुट्खाका खोस्टा फोहर मलाईमा फाल्ने, गाडी धोएपछि फोहर उचित ठाउमा फाल्ने, सरसफाइमा सहयोग गर्ने यात्रु चालक सहचालक सबै महानुावलाई हार्दिक स्वागत गर्दछ’ भनेर टोलविकासको सन्देश लेखिएको छ । मान्छेहरुलाई दबाब, जरिवाना वा अन्य कार्वाही भन्दा सन्देशले चेतना जगाउन लेखिएको सरसफाई निरीक्षक हर्कबहादुर वलीले जानकारी दिए । पालना गर्नेहो भने जसलाई सबैले देख्न सक्छन् ।

20161226_114832

काउन्टर अगाडि ‘वसपार्क वरपर पुकार भोला चुरोट सुर्तिका खोस्टा जथाभावि फ्याक्न मनाही छ’ भनेर लेखिएको छ । टिकट लिन जाने र वसको प्रतिक्षरत यात्रुहरु बस्ने ठाउमै लेखिएको छ । त्यही पेटिमा बसेर फुत्त फुत्त नालामा खोस्टा फाल्ने बानि हटाउन त्यसो गरीएको सरसफाइ समितिले जानकारी दिएको छ । गत पुस ११ बाट सरसफाइ निरीक्षक राखेर अभियान थालेको टोल खोस्टाबाटै पिडित छ । सरकारले प्रतिबन्ध गरेजस्तै टोल बाटै हटाउने होकि भनी बहस थालेको छ ।

20161226_114941

‘यात्रु महानुभावहरु गाडीबाट कुनै चिज बाहिर नफाल्नु होला दिसा पिसाव बाहिर नगरीदिनुभहोला’ भनेर प्रहरी विटमै टासिएको छ । गाडी भित्रीने र बाहिरीने मुख्य बाटोमै सो विट पर्छ । त्यहि विटमा छेलिएर दिउँसै पिसाव गरीरहेको भेटाएपछि टास्नु परेको सरसफाइ निरिक्षक वलीले जानकारी दिनुभयो । पिसाव भरीएका वोतल, वस भित्रका कचेर जथाभावि खसाल्ने बानी पुरै हटेको छैन ।

20170105_140709-1‘धारामा नुहाउन, भाडा माझ्न फोहर गर्न सख्त मनाहि छ ।’ पिउने पानीको नजिकै लेखिएको छ । सदुपयोग वा दुरुपयोगको अर्थ थाहै नपाएका जस्ता बानी भएकाले सताएका छन् । ‘शौचालय देखि बाहिर वर पर कुनै ठाउमा दिसा गरेमा एकसय पचास जरिवाना गरीने छ ।’ एक जना चौकिदार कमल सहित निरीक्षक वली गस्ति गर्छन् तर पनि बाहिर पिसाव गरेर उल्टो पाखुरा सुर्किने गर्छन् । उनीहरुले पहिल्यै जानकारी पाउथेकि भन्ने आशले लेखिएको बताए ।

20170105_140836

‘फोहर हो रोगका खानी तसर्थ फोहर नगरौ जानी जानी’ पनि लेखिएको छ । यस्ता भनाइहरु जता पनि लैजान सकिन्छ । अन्तमा ‘वसपार्क सफा राखि सभ्य नागरीकको पहिचान दिउ’ भनेर पनि सिकाईएको छ । यसरी लेखदा १५ हजार बढी खर्च भएको टोल विकास संस्थाका अध्यक्ष शक्तिराम डागिले जानकारी दिए । कही कतैवाट सहयोगको आश गरेको उनको भनाई छ । जरिवाना, कार्वाहि मात्रै आफ्नो उद्देश्य नभई परिवर्तन गर्ने पहल गरेको बताए ।