घोराही, २४ पुस । लक्ष्मीपुर गाविसको २० औ गाँउ परिषद् आज सम्पन्न भएको छ । परिषदमा गाविस सचिव पुरानाम गिरीले आगामी आर्थिक वर्ष २०७४÷०७५ को प्रस्तावित बजेट प्रस्तुत गरेका थिए ।
पूर्वाधार विकासका लागि ३७ लाख ३ हजार २ सय ५९ रुपैया, लक्षित वर्गका लागि ३० लाख ४७ हजार १ सय १८ रकम विनियोजन गरिएको उनले जानकारी दिए ।
स्थानीय विकास अधिकारी कुलबहादुर जिसीको प्रमुख आतिथ्य र लक्ष्मीपुर गाविसका पूर्वसचिव कृष्णकुमार शर्माको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले बजेटलाई समय अनुसार विनियोजन गर्न आवश्यक भएको बताएका थिए । उनीहरुले पूर्वाधार विकासका साथै व्यक्तीको क्षमता विकासका कार्यक्रम छान्न आवश्यक भएको बताए ।





