इन्द्रेणी संवाददाता

दाङ, १३ जेठ । जाजरकोट सदरमुकाम खलङ्गास्थित शिक्षण संस्थामा खानेपानीको हाहाकार भएपछि विद्यार्थीहरुले स्कुल छाड्न थालेका छन । धारामा पानी नआउँदा विद्यालयमा खानेपानीको हाहाकार भएपछि विद्यार्थी कक्षा छोडेर घर जाने गरेका छन ।

water-scarciti.jpg७ सय बढी विद्यार्थी अध्ययन गर्ने सदरमुकामस्थित त्रिभुवन उच्च माविको धारामा पानी आउन छोडेको एक हप्ता भएको छ । विद्यालयमा पानी नआउँदा निकै समस्या परेको छात्रा रमिता सिंहले बताउनुभयो ।

दिउँसो निकै गर्मी हुदा प्यास लाग्दा पानी पिउन नपाएको उहाँको भनाइ छ । दैनिक दुई हजार लिटर पानीको आवश्यकता पर्ने विद्यालयमा खानेपानी आपूर्ति नहुँदा निकै समस्या परेको प्राचार्य हेरम्बबहादुर शाहले बताउनुभयो ।।