दाङ, १३ जेठ
उत्पादित वेमौसमी तरकारीले उचित वजार भाउ नपाँउदा किसानहरु मारमा परेका छन । दाङमा चैतको मध्यदेखि उत्पादन हुन थालेको बेमौसमी तरकारी जेठ पहिलो सातासम्म उत्पादन बढेर १० गुणा पुगेको छ । तर वजारमा तरकारी खपत हुन नसक्दा किसानहरु मारमा परिरहेका छन ।
विशेष गरी देउखुरी क्षेत्रमा बेमौसमी तरकारी उत्पादन हुँदै आएपनि किसानहरु थोरै मुल्यमा तरकारी विक्रि गर्न वाध्य भएका छन । तरकारीको मूल्य पहिलेको तुलनामा पाँच गुणा घटेको किसान बताउँछन् । देउखुरीको लमही नगरपालिका–६ घुम्नाकी सुनिता चौधरीले घरवाट विहानै तरकारी बोकेर वजार पु¥याएपनि बिक्री नहुने समस्या रहेको वताउनुभयो ।
त्यति मात्र होइन विचौलियाले थोरै मूल्यमा तरकारी किन्न खोज्नु र बिक्री भएको तरकारीको मुल्य कम हुँदा समस्या भएको वताउनुभयो । गाँउमा दुख गरेर उत्पादन गरेको तरकारी विचौलियाहरुले सस्तोमा खरिद गरी फाइदा उठाउने गरेको किसानहरुको गुनासो छ ।
करेला उपभोक्तालाई प्रतिकिलो २० देखि ३० मा बिक्री गरेपनि ठेकेदारले प्रतिकिलो १० देखि १२ रुपैयाँमा मात्र लिने गरेका छन । यसैगरी अन्य तरकारी पनि थोरै मुल्यमा विक्रि गरेर घर फर्कने गरेका छन । देउखुरीमा मात्रै दैनिक सयाँै टन तरकारी उत्पादन हुँदै आएको छ । त्यहाँ उत्पादित तरकारी घोराही र तुलसीपुरमा समेत खपत हुँदै आएको छ ।