kcसन्तोषकुमार गुप्ता, देउखुरी २४ पुस ।  देउखुरीको हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेड लालमटिया—५ मौरीघाटको शनिबार मौरीघाटमा भएको नौँ बार्षिक साधारणसभा तथा अबिधेशनले प्रेमबहादुर केसीको अध्यक्षतामा नौँ सदस्यीय नयाँ कार्य समिती सर्वसम्मत चयन गरेको छ ।

जसको उपाध्यक्षमा सुमित्रा पाण्डे, सचिवमा चुडामणि शर्मा, सह—सचिवमा हरिनारायण चौधरी र कोषाध्यक्षमा प्रेमनारायण भुसाल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा तारा चौधरी, दिपेन्द्र शाही, लोकबहादुर केसी, ललितनाथ योगी चयन भएका छन् । नव निर्वाचित कार्य समितीको आईतबार पहिलो बैठक बसी लेखा समिती, ऋण उपसमिती र शिक्षा उपसमिती गठन गर्ने संस्थाकी व्यवस्थापक सिन्धु शर्माले जानकारी दिईन् ।

संस्थाका अध्यक्ष दुर्योधन पाण्डेका अध्यक्षता एवम् स्वरोजगारी पशुपंक्षी विकास सहकारी संस्था लिमिटेडकी उपाध्यक्ष मता केसीको प्रमुख आतिथ्यमा भएको साधारणसभामा संस्थाका सचिव डम्मर जिसीले बार्षिक प्रतिबेदन तथा कोषाध्यक्ष प्रेमनारायण भुसालले प्रस्तुत गरेका थिए ।

संस्थाका सदस्य इन्द्रप्रसाद चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको सभामा नेपाल राष्ट्र बैङ्कका पूर्व क्षेत्रिय प्रबन्धक रामप्रसाद चौधरी, शिक्षाप्रेमी तथा शेयर सदस्य प्रेमबहादुर केसी, सदस्य पोमलाल गिरी, लोकु गिरी, जिबराज वली र पत्रकार महेश रिजाल लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाकी व्यवस्थापक सिन्धु शर्माले गरेकी थिईन् ।