rekha-sharma

गिरिराज नेपाली/ घोराही २४ पुस ।  पुर्व सामान्य प्रशासन मन्त्री रेखा शर्माले निजी क्षेत्र करदाता मात्रै नभई सारथी रहेको वताएकी छिन ।  राप्ती अञ्चल डेलिभरी सेवा वितरक संघको दोस्रो वार्षिक साधारणसभालाई  सम्वोधन गर्दै उनले यस्तो वताईन् ।

संघका  जिल्ला अध्यक्ष ध्रुवराज श्रेष्ठ भारीको अध्यक्षता तथा पुर्व सामान्य प्रशासन मन्त्री शर्माको प्रमुख आतिथ्यता एव नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतमको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा अतिथि शर्माले निजी क्षेत्रले मुलुक विकासको एक हिंस्सा ओगटेको उनको भनाई थियो ।  उनले राज्यको सहकार्यमा औद्योगिक विकास देखी जनतालाई उपभोग्य वस्तुु घरघरमा पु¥याउने सम्मका काम निजी क्षेत्रले गर्ने गरेको बताईन् ।

व्यावसायिक रुपमा सञ्चालन भएका  निजी क्षेत्र प्रत्यक्ष जनता संग जोडिएको भन्दै तिनको विकासका लागि समेत राज्यले अभिभाबकको भुमिका निर्बाह गर्नुपर्ने बताईन् । नेपालमा निजी क्षेत्रको बिकास बढ्दो क्रममा रहेपनि राज्यले उर्को तिर सिमित बनाएको उनको भनाई थियो ।

उनले मुलुकको बिकासका लागि निजी क्षेत्रको भुमिका महत्वपुर्ण बताईन् ।  निजी ब्यबसाय नाफमुखी संगसंग सेवामुखी पनि भईरहेको भन्दै उनीहरुलाई सरकारले पनि प्रोत्साहन गर्न आबश्यक रहेको बताईन् ।  उनले भन्निन ‘घरमा नुन, तेल देखी हरेक प्रकासका सामान निजी क्षेत्रकै उत्पादन रहेको हुन्छ ।’

त्यस्तै उनले मुलुकको विकासका लागि औद्योगिक क्रान्तीको विकास हुनु अपरिहार्य रहेको बताईन् । उनले भनिन्‘ देशलाई समृद्धि बनाउन केही सरकारको र केही निजी क्षेत्रको लगानीमा उद्योग धन्दा खोल्न आबश्यक छ ।’

कार्यक्रमका विशिष्ट अतिथि नेपाल  पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतमले राज्य र राजनीतिको पहिलो प्रहार नै निजी क्षेत्र माथि हुने गरेको उनले बताए ।  राज्यको विपक्षमा राजनीति दल सडकमा आए  निजि क्षेत्र वन्दको माग गर्छन, जसले मुलुक लाई घाटा हुने हुने गरेको उनले बताए ।

वन्द सदाका लागि वन्द नहुदा जनता र  निजी क्षेत्र सधै अन्यायमा पर्ने उनको धारणा राखे ।   कार्यक्रममा दाङ उद्योग वाणिज्य संघका महासचिव दिपक सुवेदी , देउखुरी उद्योग वाणिज्य संघका शोभाकर  घिमिरे ,  ट्रक व्यावसायी समितिका अध्यक्ष यादव शाह , पत्रकार शरद अधिकारी ,  टेक्टर व्यावसायी समितिका अध्यक्ष दल वहादुर ओली , त्रिभुवन नगर  जेसिजका लालमणी भण्डारी, संघका संस्थापक सदस्य नारायण प्रसाद  भुषाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

 संघका अध्यक्ष  ध्रुवराज श्रेष्ठ ‘भारी’ले विषय प्रवेश गराएको कार्यक्रममा संघका उपाध्यक्ष  खड्क वुढाथोकीले धन्यबाद ब्यक्त गरेका थिए  । संस्थाको सांगठनिक प्रतिवेदन सचिव  भरतराज श्रेष्ठले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष टंकसिंह वुढाथोकीले प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण सह–सचिव सरोज शाहले गरेका थिए  ।