deuba

तुलसीपुर २४ पुस ।  विगत केही वर्ष यता माघीको अवसरमा निरन्तर दाङ आउने गरेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा यो वर्ष पनि त्यसलाई निरन्तरता दिने भएका छन् । काँग्रेस नेता एवं सांसद चौधरीले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार थारु महोत्सवलाई उद्घाटन र सम्बोधनगर्न कांग्रेसका सभापति देउवा दाङ आउने छन् ।

 सांसद चौधरीका अनुसार सभापति देउवा माघ ११ नै दाङमा आइपुग्ने छन् । त्यसपछि सभापति देउवाले माघ १३ गते तुलसीपुरमा आयोजना गरिएको महोत्सवलाई समेत उद्घाटन गर्ने छन् ।

महतवा महासंघका अध्यक्ष समेत चौंधरीका अनुसार देउवासहित,गृहमन्त्री,रक्षामन्त्री,परराष्ट्र मन्त्री,सिंचाई मन्त्रीलगाएत झन्डै आधादर्जन जति मन्त्री र दर्जनौ नेता तथा सांसदहरु समेत दाङ आउने छन् ।