1-1

देउखुरी २४ पुस ।  देउखुरीको प्रहरी चौकी सिसहनियाँका प्रमुख यज्ञमणी वैदिकले समाजमा हुने सवै खाले अपराधिक घटना न्युनीकरण गर्न प्रहरी र नागरिक बिच सहकार्य हुनु पर्ने बताएका छन् ।

प्रहरी चौकी सिसहनियाँको आयोजनामा शनिवार सिसहनियाँ ७ सिंगेमा आयोजित नागरिक सचेतना कार्यक्रमका प्रहरी प्रमुख वैदिकले सो कुरा बताएका हुन् । साथै उनले सिसहनियाँ गाविसका केहि वडा तथा टोलहरु शान्ति सुरक्षाका दृष्टिकोणले संवेदनशील क्षेत्र भएकाले शान्ति सुरक्षा कायम गर्न र अपराधिक घटना हुन नदिन प्रहरी र नागरिक बीच साथीत्वको नाता हुनु पर्ने बताएका थिए ।

साथै उनले पछिल्लो समय यता युवाहरु लागु औषध दुव्र्यशनमा फसेकाले त्यसको न्युनीकरण गर्न अभिभावकहरुले आफानो छोरा छोरीको निगरानी गर्नु पर्ने र बढ्दो घरेलु हिंसा अन्त्य गर्न आफनो परिवारबाट सचेतना अपनाउनु पर्ने बताएका थिए ।

सिंगे गाउँ अगुवा जीवराज भट्टराईको अध्यक्षता एवम् प्रहरी चौकी सिसहनियाँका इन्चार्ज तथा प्रमुख यज्ञमणी वैदिकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नुतन बाल उद्यान आधारभुत विद्यालयका प्रअ जाम्मता गिरी समाजसेवी तथा बुद्घिजिवी शिवलाल गिरी, दलित सञ्जालका इन्द्रजित गोतामे, प्रहरी चौकी सिसहनियाँका प्रहरी जवान चेतमान के.सी र प्रहरी जवान रमेश मल्ल लगायतका वक्ताहरुले बोलेका थिए ।

भने कार्यक्रमको सञ्चालन पत्रकार ओमप्रकाश गुप्ताले गरेका थिए । प्रहरी चौकीले हाल सम्म सरसफाई कर्यक्रम, पैदल, ग्रामिण गस्ती , अटोमोवाइल र साइकल गस्तीलाई तिव्रता बनाएको, लागुपदार्थ दुव्र्यशन सम्बन्धी कार्यक्रम, प्रकेपका बेला उद्घार रहात कार्यक्रम, हाइवे चेकिङ लगायतका कार्यक्रम गर्दै आएको छ ।