जुम्ला, २४ पुस । अघिल्ला वर्षहरुमा कार्तिकमै हिमपात हुने जुम्लामा यो वर्षमा पहिलो पटक हिमपात भएको छ । अघिल्ला वर्षमा कात्तिक महिनामै हिमपात हुने गरेकोमा यो वर्ष पुसमा आएर हिमपात भएको हो । हिमपातले जुम्लाको जनजीवन कष्टकर बनेको छ ।
शनिबार रातिदेखि भएको भारी हिमपातले जुम्लाका धेरैजसो क्षेत्र सेताम्य भएका छन् । हिमपातका कारण सदरमुकाम खलंगामा झण्डै पाँच ईन्चसम्म हिँउ जमेको छ । डिल्लीचौर, छुमचौर, पातारासी, गोठिचौर, बुम्रामाडिचौर, बोता मालिका, मालिकाठाटा, घोडेमहादेव र ताम्ती लगायतका गाविसमा पनि बाक्लो हिमपात भएको छ ।
दुई दिनदेखि बादल लागेकाले सोलार प्यालन चार्ज हुन नपाउँदा स्थानीय अँध्यारोमा बस्न बाध्य छन् । हिमपातका विद्यालयहरु पनि त्यतिकै प्रभावित भएका छन् । विद्यार्थीलाई स्कलसम्म पुग्न अत्यन्त समस्या भएको छ ।
तर किसान भने हिउँदे बाली सप्रने भयो भन्दै खुशी छायको छ । जुम्लामा भारी हिमपात परेपछि आसपासका जिल्लाहरुमा पनि सिचो वढ्दै गएको महसुश भएको छ ।