काठमाडौं – सत्तासाझेदार माओवादी केन्द्र र कांग्रेसबीच राजदूत नियुक्तिमा भएको ६० / ४० को बिबाद मिलेको छ । १३ मुलुकमा राजदूत नियुक्ति सिफारिस गर्नुपर्नेमा प्रधानमन्त्री दाहालले १३ मुलुकमा राजदूत सिफरिस गर्दा दुवै पार्टीले ५० / ५० प्रतिशत भागबन्डा गर्नुपर्ने अडान राख्दै आए पछि सत्ता साझेदार दुइ दलमा असहमति पैदा भएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति बिच पटक- पटक भएको छलफल पछि राजदूत नियुक्ति सिफारिस कोटाको टुंगो लागेको हो ।
स्रोतका अनुसार ६ देशमा कांग्रेसले, ४ देशमा माओवादी केन्द्रले, २ देशमा राष्ट्रिय प्रजानन्त्र पार्टीले र एक देशमा साना दलको तर्फबाट राजदूत सिफरिस गर्ने सहमति भएको छ ।