काठमाडौं– राष्ट्रवादी नारा अगाडि सारेर काठमाडौंमा शक्ति प्रर्दशन गरेको एमालेमाथि उर्जा मन्त्री जनार्दन शर्माले हमला गरेका छन् ।

एमालेको शक्ति प्रर्दशन भएको अर्कोदिन वीरगंजमा पुगेर उर्जा मन्त्री शर्माले ‘एमालेले राष्ट्रवादका नाममा राष्ट्रघात गरिरहेका छ’ भन्दै हमला गरेका हुन् ।

Janardan-sharma-1200x545_cप्रेस सेन्टर नेपाल पर्सा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उर्जा मन्त्री शर्माले भने
–आज एमालेले आफुलाई राष्ट्रवादी भनिरहेको । तर, एमालेले राष्ट्रवादका नाममा राष्ट्रघात गरिरहेका छ ।

–संविधान संशोधन प्रक्रिया अगाढि बढाउन पनि नदिने, प्रक्रियामा पनि सहमति नगर्ने, विषयबिस्तुमा पनि सहमति नगर्ने, मधेशी–आदीवासी–थारु–मुस्लिम समुदायलाई पर धकेल्ने र मुलकमा विग्रह ल्याउने काममा एमाले लागेको छ । त्यसले राष्ट्रको हित गर्दैन ।

–आदीवासी–जनजाती–मशेशी–थारुलाई अधिकार दिने कि नदिने भन्ने प्रश्न एमालेले खडा गरेको छ । उसले खडा गरेको प्रश्नको उत्तर खोज्दा एमालेलाई नै घाटा पर्छ ।

–हिजो मात्र स्थानीय निकाय पुनर्संरचना आयोगले आफ्नो प्रतिवेदन बुझाएको छ । प्रतिवेदन कायन्वयन गर्दै जान्छौँ अव ।

–सरकार स्थानीय तहको निर्वाचनको घोषणाको तयारीमा जुटेको छ । केही दिनभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा हुन्छ ।

वीरगंजका उद्योगी–व्यवसायीलाई अफर र आग्रह
मन्त्री शर्माले वीरगंजका उद्योगी–व्यवसायीलाई अफर दिँदै भने
–वीरगंज औद्योगिक करिडोरलाई छिट्टै लोडसोडिङमुक्त गर्ने तयारीमा छौँ ।
–रक्सौल र परवानीपुर अन्तरदेशिय प्रशारण लाइन मार्फत प्राप्त हुेन बिजुली वीरगंजलाई दिन सकिन्छ ।
–त्यसको आबश्यक तयारी भएको छ ।

वीरगंजका उद्योगी–व्यवसायीलाई आग्रह दिँदै भने

–नेपालको पानी जनताको लगानी अन्तगर्त जलविद्युत क्षेत्रमा लगानी गर्न तयार हुनुहोस् ।
–मैले उद्योगी व्यवसायीलाई पनि अवगत गराएको छु यो कुरा ।

‘अन द स्पट’ कारवाही गर्ने चेतावनी
–विद्युत प्राधिकरण र निकायमा समस्या भए गुनासो गर्नुहोस्, अन द स्पट कारवाही हुन्छ ।

–उद्योगी व्यवसायीसँग मिलेर प्राधिकरणका केही कर्मचारीले अनियमितता गरेको भन्ने सूचना मसँग आएको छ । त्यसको अध्ययन भैरहेको छ । दोषीमाथि कारवाही हुन्छ ।

–उद्योगीसँग मैले अन्तरक्रिया गरेँ, उहाँहरुले प्राधिकरणका कर्मचारीले ठाडै घुुस माग्छन् भन्नुभएको छ । त्यस्ता कर्मचारीमाथि कारवाही हुनछ ।

रातोपाटीबाट