संजय कुशवाहा
नवलपरासीको गुठी परसौनी वार्ड न ३ कठहवा कंगली खोलाको किनारमा बस्दै आएका मुसहर जातका ४२ घरधुरी परिवारका बालबालिकाहरूमा खुशी याली छाएको छ । कंगली खोलाको किनारमा झुपडी बनाएर बस्दै आएका दलित तथा अत्यन्त गरिब परिवारका बालबालिकाहरू लाई समेत न्यानो कपडा वितरण गरियोको छ ।
मुसहर जातका बालबालिकाहरू चिसो मौसममा न्यानो कपडा नहुदा बिधालय जान छोडेका थिए साथै कतिपय साना बालबालिका लगाएत परिवारका सदस्य पनि न्यानो कपडा नहुदा पटक पटक बिरामी पर्ने गरेका थिए ।
विभिन्न ठाउहरूमा बोर्ड ,बाईनर लगाई न्यानो कपडा संकलन गरि मुसहर जातीहरूलाई कपडा वितरण गरियो । विवेकशील नेपाली दल नवलपरासी तथा विवेकशील नेपाली दल रूपन्देही आयोजनामा आयोजित कपडा वितरण कार्यक्रममा जेष्ठ नागरिक मोती चन्द्र मुसहरको प्रमुख अथित्यता तथा सो वडाका वाडा नागरिक मञ्चका संयोजक बाच्चा राजभरको अध्यक्षता रहेको थियो ।
कार्यक्रममा विवेकशील नेपाली दल रूपन्देहीका अध्यक्ष अनिल कापले,डा। हेमन्थ न्योपाने , सुनिता कुवर ,मन्षा गैरे ,मनिष पाण्डे ,सागर न्योपाने ,निसा पन्थ, विष्णु भटराई ,साधना राय,पत्रकार ,प्रहरी ,लगाएतहरूको उपस्थिति रहेको थियो ।
