रौतहट, २३ पुस । रौतहटको करुनियामा एकजनालाई नचिनेका व्यक्तिको समूहले घाँटी रेटेर हत्या गरेको छ ।

1456886994murderकरुनिया गाविस–२ का ३३ वर्षे अभिनन्दन साहको घाँटी रेटेर हत्या गरिएको अवस्थामा करुनिया–६ स्थित बाँसघारीमा शुक्रवार बेलुका भेटिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको हो ।

गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले स्थानीय बासिन्दाहरुले शव रहेको खबर प्रहरीलाई दिएपछि त्यस ठाउँमा प्रहरी टोली पुग्दा धारिलो हतियारबाट घाँटी रेटी हत्या गरिएको अवस्थामा फेला परेको बताए ।