राजेश वली/ पुष २३ तुलसीपुर । तुलसीपुर ८ र ९ कट्कुइयामा रहेको महालक्ष्मी सामुदायीक वनको बुधबार अनुगमण गरिएको छ । वन बचाउ सिकाई अभियान कक्षा अन्तर्गतको टोलीले गरेको अनुगमणका क्रममा बन तस्करी भएको फेला पारेको छ ।
अनुगमनका क्रममा तुलसीपुर ८ कट्कुईयाका पाँच जनाको समुहले काठ चोरी गर्न लाग्दै गर्दा वन बचाउ सिकाई अभियान कक्षाले फेला पारेको हो । सोही समुहलाई यस अघिका दिनमा पनि काठ तस्करी गरिरहेको अबस्थामा फेला परेको र त्यबेला नगर्न चेतावनी दिईएको थियो ।
तर अटेर गरी उक्त समुहले नियमित काठ तस्करी गरिरहेको पाईएको छ । यो पटक उनीहरुलाई भेटाउदा दश हजार रुपैँया जरीवाना गरिएको महालक्ष्मी सामुदायीक वन उपभोक्ता समुहका अध्यक्ष तारा प्रसाद देबकोटाले जानकारी दिए ।
चोरी तस्करी गर्ने टोलीबाट उठाएको जरिवाना रकम सिकाई समुहमा बचत गदै आएको सहर्जकता शर्माले जानकारी दिईन् ।
समुदायमा रहेका व्यक्तिलाई वन जङ्गलको महत्वबारे जानकारी दिदै आएको वन बचाउ सिकाई अभियान कक्षाले महिनाको दुई पटक बनको अनुगमन गर्दै आएको छ । पछिल्लो अबस्थामा वनबाट काठ दाउरा चोरी तस्करी धेरै मात्रामा हुने गरेको पाईएकाले अनुगमन गर्न लागेको महालक्ष्मी सामुदायीक वनकी सहर्जकता अम्विका शर्माले जानकारी दिईन् ।
चोरी तस्करी गर्ने बिभिन्न गिरोहलाई पटक पटक जरीवानाका साथ सम्झाइ बुझाइ गरेर पठाईन्छ ।
