काठमाडौं, २३ पुस । नेपाली सेनाले सञ्चालन गरेको अस्पतालमा सर्वसाधारणले पनि उपचार पाउने भएका छन् । स्वास्थ्य मन्त्रालयको अनुरोधपछि नेपाली सेना सैनिक अस्पतालमा सर्वसाधारणलाई पनि उपचार गर्न सहमत भएको हो ।

hospital-380x290यस सम्बन्धी सहमतिपत्रमा औपचारिक हस्ताक्षर भने हुन बाँकी छ । यस्तै, नेपाली सेनाले सञ्चालन गरिरहेको अत्याधुनिक मोबाइल अस्पताललाई सर्वसाधारणको उपचारका लागि विभिन्न ठाउँमा लैजाने, सेनाको एयर एम्बुसलेन्स सञ्चालनका लागि समिति बनाएर टुंगो लगाउने, नेपाली सेनाका युनिटहरुबाट पनि नागरिकलाई निःशूल्क औषधि वितरण गर्ने, विपतका बेला स्वास्थ्य उपचारको व्यवस्थापनका लागि सहकार्य गर्ने लगायत विषयमा मोटामोटी सहमति भएको तर अन्तिम रुप दिन बाँकी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै सरकारले नेपाली सेनाबाट मेडिकल अध्ययनको पोेष्ट ग्य्राजुएसन अध्ययनका लागि छात्रबृत्ति लगायत सहुलियत दिने सहमति पनि भएको छ ।