दिपक बोहरा , तुलसीपुर २३ पुस । प्याबसनका केन्द्रीय सल्लाहकार नारायण अधिकारीले निजी बिद्यालयलाई सरकारले हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताएका छन् । निजी तथा आबासीय बिद्यालय अर्गनाईजेशन (प्यावसन ) दाङको २७ औ स्थापना दिबसको उदघाटन कार्यक्रममा अधिकारीले यस्तो बताएका हुन् ।
प्यावसन दाङका अध्यक्ष यादव गिरीको अध्यक्षतामा शुक्रबार तुलसीपुरमा भएको कार्यक्रममा प्रमुख अतिथि अधिकारीले निजी बिद्यालयको योग्दानले नै मुलुकको शैक्षिक गुणस्तरलाई माथि उकास्न सम्भब भएको भन्दै यसमा सरकारले पनि समर्थन गर्नुपर्ने बताए ।‘
मुलुकमा निजी बिद्यालयको बिकासले गर्दा नै अहिले अन्तराष्ट्रि स्तरमा नेपालका बिद्यार्थीहरु प्रतिस्पर्धा गर्न सफल भएका छन्’ उनले भन‘ तर सरकारले निजि बिद्यालयलाई बिभिन्न बाहानामा थिच्न खोज्दैछ ।’
केही समय पहिले नेपालमा गुणस्तरिय शिक्षा नहुँदा भारतको बनारस पढ्न जाने गरेको स्मरण गर्दै उनले भने ‘ गुणस्तरिय शिक्षाका लागि अब भारत जानु पर्दैन ।’ नेपालमै निजी बिद्यालयहरुले बनारस जस्तो शिक्षा दिन सक्छन् ।’
राज्यको भार थेग्न निजी बिद्यालयले महत्वपुर्ण भुमिका निर्बाह गरेको भन्दै सरकार र निजी बिद्यालयहरु बिच सहकार्य हुन आबश्यक रहेको उनको तर्क थियो । ‘अहिले नेपालका २० लाख बालबालिकालाई निजी बिद्यालयले शिक्षा दिईरहेका छन्, एक लाख ६० हजार शिक्षकलाई रोजगारी प्रदान गरिएको छ ’ उनले भने ‘ निजि बिद्यालयको बिकास नभएको भए सरकारले यो भारलाई थेग्न सक्दैनथ्यो ।’
नयाँ शिक्षा ऐनमा ल्याउदा निजि बिद्यालयहरुलाई उपेक्षा गरिएको उनले बताए । ‘सरकारले निजि बिद्यालयहरुलाई कहिल्यै कम्पनिमा , कहिल्यै सहकारीमा , कहिल्यै गुठिमा जाउ भन्छ’ यही प्रबृतिले गर्दा आफुहरु मारमा परेको उनको तर्क थियो । सरकारी बिद्यालयले पनि पछिल्लो समय अंग्रेजी माध्यामबाट पठन पाठन गराउने भन्दै अभिभाबकबाट चर्को शुल्क असुल्ने गरेको आरोप समेत अधिकारीले लगाए ।
प्याबसन दाङका उपाध्यक्ष मधुसुदन केसीले स्वागत गरेको कार्यक्रममा केन्द्रिय सदस्य सरिता देबकोटाले सरकारबाट निजी बिद्यालयहरु दिन प्रतिदिन मारमा परेको बताईन् । शैक्षिक गुणस्तर बृद्धि गर्न महत्वपुर्ण भुमिका निर्बाह गरेका निजी बिद्यालयहरुलाई कर कार्यालयले पनि दिन प्रति दिन ढाड सेकिने गरि करको दायरा बढाएको उनले बताईन् । साथै उनले निजी बिद्यालययमा अध्ययनरत बिद्यार्थीहरु घोकन्ते बाहेक अरु ज्ञान आर्जन गरेका हुदैनन् भन्नु गलत भएको बताईन् ।
निजी बिद्यालयमा पढेका बिद्यार्थीहरु पनि ब्यबहारीक र रचनात्मक क्रियाकलापमा अगाडि नै हुने गरेको उनको तर्क थियो ।कार्यक्रममा प्यावसनका अर्का केन्द्रिय सदस्य जीवन कुमार आचार्यले गुणस्तरिय शिक्षाका लागि अभिभाबकहरुले निजी बिद्यालयलाई नै छनौट गर्ने गरेको बताए । निजी बिद्यालयमा पनि पढाईको गुणस्तर राम्रो हुने भएकाले बिद्यार्थीहरुको आकर्षण बढ्दै गएको उनको भनाई थियो ।
प्याबसनका बरिष्ठ उपाध्यक्ष बुढाले धन्यबाद ब्यक्त गरेको कार्यक्रममा प्याबसन दाङका संस्थापक अध्यक्ष घनश्याम डाँगी, प्रमुख सल्लाहकार लम्बोधर लामिछाने, जिल्ला शिक्षा कार्यालय दाङका बिद्यालय निरिक्षक नारायण पौडेल, राप्ती बबई क्याम्पस तुलसीपुरका अध्यक्ष गोपी नाथ योगी, सेडुका प्रमुख प्रशिक्षक डिल्ली कान्त आचार्य, प्याबसनका पुर्ब केन्द्रिय उपाध्यक्ष संकर किरण घिमेरलगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा बिभिन्न बिद्यालयका बिद्यार्थीले आ–आफ्नो प्रस्तुति राखेका थिए । कार्यक्रमको सहजीकरण प्याबसनका जिल्ला सदस्य डिआर भण्डारीले गरेका थिए । साथै प्याबसनको स्थापन दिवस तीन दिन सम्म चल्ने छ । शुक्रबार तुलसीपुरमा उदघाटन कार्यक्रम भएको थियो , भने शनिबार (आज) प्याबसनमा आबद्ध बिद्यालयका ब्यबस्थापन समिति अध्यक्ष र साहयक प्रिन्सिपललाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
त्यस्तै दिवसका आईतबार घोराहीमा एक कार्यक्रमका बिच समापनि गरिने सदस्य भण्डारीले जानकारी दिए ।
