काठमाडौं, २३ पुस । सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल (अकोराब)को अध्यक्षमा सुवास खतिवडा निर्वाचित भएका छन् । सङ्घको १२ औँ साधारणसभा तथा छैटौँ अधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमितिसहित खतिवडा तीन वर्षीय कार्यकालका लागि निर्वाचित भएका हुन्।

suwash-devkotaउनले एक सय ४२ मत ल्याई निर्वाचित हुनु निर्वाचन समितिका सदस्य नेत्र केसीले जानकारी दिए। उनका प्रतिद्वन्द्वी किशोरजङ्ग थापाले एक सय ३२ मत ल्याएका थिए । कुल दुई सय ८७ मतदातामध्ये दुई सय ७६ जनाले मतदान गरेका थिए ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा अर्जुन गिरी, उपाध्यक्ष (महिला) मा शशीकला दाहाल, उपाध्यक्ष (मधेस) मा निमेष कर्ण र उपाध्यक्ष (जनजाति) मा अर्जुनकुमार राई विजय भएका छन् । सङ्घका महासचिवमा गोविन्द देवकोटा, सचिवमा वन्दना दनुवार र कोषाध्यक्षमा लक्ष्मण खड्का निर्वाचित भएका छन् ।

यसैगरी सदस्यमा खुलातर्फ कपिलदेव खनाल, विष्णु अवस्थी, टीकाजङ्ग थापा, धुव्रराज ढकाल, शुक्रराज भण्डारी, महिलामा धनलक्ष्मी शाही र ललिता कुश्मी, मधेसीमा अजयकुमार यादव र रामभरोसी महतो, जनजातिमा मिलन गाहा र गणेशकुमार श्रेष्ठ तथा दलितमा पूर्णवहादुर विक छन् ।

त्यस्तै सात प्रदेश समितिका अध्यक्षका क्रमशः बच्चुनारायण विक, अशोक दत्त, कृष्णहरि घिमिरे, शान्ति गुरुङ, केपी घिमिरे, रमेशकुमार गौतम र दीर्घराज उपाध्याय निर्वाचित भएका छन् । प्रदेश अध्यक्ष सङ्घको कार्यसमितिको पदेन सदस्य रहने व्यवस्था छ । रासस