कञ्चनपुर, २२ पुस । कञ्चनपुरको गड्डाचौकी नाकामा लागुऔषधसहित २ जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीको सीमासुरक्षा पोष्ट गड्डाचौकीले शुक्रबार १ हजार ५० चक्की लागुऔषध नेट्रोभेटसहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१० का रामसिंह धामी र बेलडाँडी नगरपालिका–६ का मदन गिरी रहेका छन् । भारतबाट नेपालतर्फ लागुऔषध नेट्रोभेट ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी नैनसिंह कार्कीले जानकारी दिए ।
