घोराही, २२ पुस । प्राविधिक शिक्षाको स्तर उन्नतिका लागि दाङको घोराहीमा यही माघ ३ देखि १० गतेसम्म सञ्चालन हुने राष्ट्र निर्माण धार्मिक महोत्सव एवं श्रीमाद्भागवत सप्ताह ज्ञान महायज्ञ २०७३ को प्रचारप्रसारका लागि विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।

s-2प्रचार प्रसारलाई तीव्र पारिएको छ । सञ्चारमाध्यमबाट प्रचार प्रसारदेखि गाडीमा र्माकीङ गरिएको छ । यसका साथै महायज्ञको प्रचारकालागी विद्यार्थीहरु पनि लागीपरेका छन् । विद्यार्थीहरु पहिलो चरणमा बजार क्षेत्रमा केन्द्रित भएर बजारका पसल पसलमा पर्चा पप्लेट दिदै महायज्ञको बारेमा जानकारी गराउदै महायज्ञमा उपस्थित हुन निम्तो पनि दिने. गर्छन् ।

विभिन्न समूह बनाएर प्लस टुुका विद्यार्थीहरु प्रचारमा लागेका हुन् । उनीहरुले पर्खालका भित्तामा पप्लेट टास गरेर पनि प्रचारप्रसारको काम गरिरहेको महायज्ञका प्रचारप्रसार संयोजक रहनुभएका नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतमले जानकारी दिए ।

पहिलो चरणमा पसलहरुमा र सार्वजनिक स्थलमा प्रचारप्रसारको काम भईरहेको र दोस््रो चरणमा प्रत्यक घरघरमा पुगेर विद्यार्थीहरुले महायज्ञको निम्तो दिने उहाँले जानकारी दिनुभयो । विद्यार्थीहरुको पढाईमा असर नहुने गरि प्रचारप्रसारमा विद्यार्थीहरु पठाईएको विद्यालयका प्राचार्य डा. कृष्णराज डिसीले बताए ।