काठमाडौं, २२ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ओलीले नेकपा एमालेले दर्ता भएको संविधान संसोधन प्रस्ताव कुनै हालतमा पास हुन नदिने बताएका छन् ।
एमाले सहितका नौ दलले आयोजना गरेको बृहत जनप्रर्दशनका अवसरमा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टी हैसियतका साथ संसदमा रहेको उल्लेख गर्दै राष्ट्रिय हितलाई तलमाथि हुन नदिने बताए ।राष्ट्रहितविपरितको प्रस्ताव पारित गर्न नदिने ओलीले उद्घोष गरे ।
उनले एमालेलाई ड्रम र नगरा बजाएर तराईबाट कसैले लखेट्न नसक्ने बताएका छन् । ‘ड्रम बजारएर हो कि नगरा बजाएर तराईबाट हामीलाई लखेट्ने कुरा गर्दै हुनुहुन्छ’, ओलीले भने, ‘तराईमा उहाहरुको ११ सिट छ, हाम्रो ४० सिट छ ।’
एमालेलाई तराईमा कसैले रोक्न नसक्ने भन्दै ओलीले अब आफुहरु अभियान लिएर तराईमा जान लागिरहेको बताए । फागुनको दोस्रो हप्ताबाट मेचीकाली अभियान थाल्ने पनि ओलीले उद्घोष गरे ।
