इन्द्रेणी संवाददाता
दाङ, २२ पुस । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले पश्चिम दाङको हापुरेमा अस्थायी विद्युत महशुल संकलन काउन्टर स्थापना गरिएको छ ।

indernionlineस्थापना भएको काउन्टर प्रत्येक महिनाको ७, १४, २१ र २८ गते गरी चार दिन खुल्ने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले जनाएको छ ।

यो सँगै पश्चिम दाङवासीहरु अब विद्युतको महशुल तिर्नका लागि ठूलो रकम तिरेर तुलसीपुर आउनुपर्ने छैन । पश्चिम क्षेत्रमा लाइन पुगको करीव १७ वर्षपछि श्रीगाउँ, वाधमारे, पञ्चकसले, हेकुली र धनौरी गाविसका झण्डै आठ हजार सेवाग्राहीहरुले सो संकलन केन्द्रबाट सेवा पाउनेछन् । आफूहरुको पायक पर्ने ठाउँमै महशुल काउन्टर स्थापना भएपछि सो क्षेत्रका स्थानीयहरु खुसी भएका छन् ।