शंकर केसी
सल्यान, २१ पुस । सल्यानको धनवाङ गाविसको ११ औँ गाउँ परिषद्मा ५७ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको छ । गाविस सचिव टुकाराम ओलिको अध्यक्षता र एमाले सल्यानका उपसचिव भिमबहादुर सेनको प्रमुख आतीथ्यतामा भएको परिषद् उद्घाटन कार्यक्रममा आगामी वर्ष २०७४।०७५ का लागी अनुमानित ५७ लाख रुपैयाँको बजेट प्रसतुत गरिएको हो ।

bajet-358x300उक्त रकम बराबरका विभिन्न योजनाहरु छनौट गरिएको र बन्दशत्रले ती योजनाहरुको बजेट पारित गर्ने सचिव ओलिले जनाएका छन् । उद्घाटन कार्यक्रममा प्रमुख अतीथी सेनले आम नागरिकमा विकासको चाहना भएकोले सबैलाइ समेट्ने गरि आवश्यकताका आधारमा योजनाहरु छनौट गर्नुपर्नेमा जोड दिए । उनले लक्षीत वर्गको बजेटले लक्षीत वर्गको सिप विकास र उनीहरुको जीवनस्तर माथी उठ्ने खालका योजनाहरु बनाइनुपर्ने बताए ।