बिबश रसाइली
जनवरी २९ तारिख अर्थात माघ १६ गते पर्ने चिनियाँ नयाँ बर्षको अबसरमा चर्चित गाएक पुस्कल शर्मा मलेसिया आउने भएका छन । अहिलेका चर्चित गायक तथा मोडल पुस्कल शर्माले मलेसियाको केलमा प्रवासी नेपालीहरुलाई भरपुर मनोरन्जन दिने आउन लागेका हुन।
मेरी बास्सै भेरी गंगा परिवारले संयुक्त रुपमा गर्न लागेको सांस्कृतिक कार्यकमका लागि शर्मा संगै अहिलेकी चर्चित नब गायिका सुमित्र काफ्ले लगाएत दर्जन भन्दा बढी राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुती संगै मलेसियाका नेपाली दर्शकलाई हसाउने छन ।
कार्यक्रममा चर्चित निर्देशकरमोडल सिबन पोखरेल ,सुजन न्यौपाने,बसन्तराज गौतम, मोडल अनिता बस्नेत लगाएतका कलाकारको बेजोड प्रस्तुति रहने छ । साथै चर्चित गायक गायिका सुनितामी परियार,चन्द्र सुनार, अमर राई, प्रेम रावत ,प्रबेश महतारा,तुल्सी बिबस के।शि।,पुस्प राज बोहरा,तिलक परियार,भिम ज्वलन्त योगि ,कृष्ण बोहरा आदि कलाकारहरुले मलेसियामा रहेका नेपाली लाई आफ्नो प्रस्तुति दिने छन। उक्त कार्यक्रम संयोजनको लागि कुशल भट्टराई र सहयोगी मोनिका राई तथा ब्यबस्थापनको जिम्म बसन्तराज गौतम,बिनोद बस्नेत, आतिप राई, सानू काफ्ले, संगम गुरुङ लाई दिएको छ ।
मलेसियाको मुटु मानिने यस क्वालालम्पुर शहरमा हुन लागेको कार्यक्रमका लागि चर्चित डान्सरहरु सुमित सैतान,विशाल नेगि ,मेका मगर,प्रकाश ठकुन्ना को पनि बेजोड प्रस्तुती रहने कार्यक्रमका संयोजक कुशल भट्टराईले जानकारी दिनु भयो । आयोजक समितिका अनुसार मिडिया पाटनरको रुपमा अनलाइन रेडियो भेरी गंगा , ननस्टप खबर, टि भि टुडे र लाइक नेपाल डट कम रहेका छ्न। कार्यक्रममा श्रोता दर्शकको माग अनुसार पुस्कल शर्मा लाई निम्त्याइयको आयोजक समितिले बताएको छ ।
मलेसियाको समय अनुसार बिहाना ११ बजे देखि साझ ६ बजे सम्म हुने उक्त कार्यक्रममा टिकट दर मलेसियान ३० रिंगेत कायम गरिएको छ । टिकट को लागि मलेसियाका विभिन्न प्रतिनिधि लाई सम्पर्क गर्न सकिने छ। टिकटका लागि बसन्तराज गौतम (0111320902) , बिनोद बस्नेत (01116342374) , चन्द्र सुनार (0182952016) , सानू काफ्ले (0177841063 ) लाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ । चाइनिज नयाँ बर्षको शुभकामना आदनप्रदान संगै नेपाली कलाकारहरुको बेजोड प्रस्तुति हेर्न मलेसियामा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाइ उपस्थितको लागि आयोजक समितिले अनुरोध समेत गरेको छ ।











