kirya

तुलसीपुर २१ पुस ।  क्यानसर रोगले मृत्यु भएका तुलसीपुर १ राणागाउका बिर बहादुर खत्रीको १३ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । बिर बहादुरकी श्रीमती सितला खत्रीको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका जिल्ला ईञ्चार्ज जीवन गौतमको प्रमुख आतिथ्यतामा श्रद्धाञ्जली कार्यक्रम भएको हो ।

कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै माओवादी केन्द्रका जिल्ला ईञ्चार्ज गौतमले मृतक बिरबहादुर प्रति श्रद्धाञ्जली अर्पन गर्दै शोकाकुल परिवारलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस भनी समाबेदन प्रकट गरेका थिए । माआवादी केन्द्र राणागाउका वडा कमिटि सदस्य समेत बिर बहादुरको मृत्युको आफ्नो पार्टीमा अपुरणीय क्षति पुगेको बताए ।

साथै पार्टीको एउटा सदस्यलाई पीडा पर्दा सबै सदस्यलाई मर्माहत बनाउने भन्दै बिर बहादुरका दुई छोरालाई निःशुल्क पढाउने ब्यबस्था मिलाउने प्रतिबद्धता समेत जनाए । मृतक बिर बहादुरको घरमा भएको श्रद्धाञ्जली सभामा नेपाली काग्रेसका पदम बहादुर खड्का, एमालेका झबिलाल घिमेरे , माओवादी केन्द्रका वडा प्रतिनीधि शुरबिर वलीलगायतलले शोक मन्तब्य ब्यक्त गरेका थिए ।

उपस्थितलाई स्वागत तथा बिर बहादुरको जीवनी माथि स्थानिय समदर्शी युवा क्लबका अध्यक्ष टेक राज केसीले प्रस्ट पारेका थिए । साथै मृतक बिर बहादुरकी श्रमती सितलाले क्यानसको उपचारमा लागेको ऋण तिर्न नसक्ने भन्दै सबै संग सहयोगको अपेक्षा गरेको बताईन् ।

राप्ती समाचार लगायत बिभिन्न सञ्चार माध्यामको पहलमा अहिले सम्म दुई लाख ४६ हजार आर्थिक सहयोग भएको उनले बताईन् । साथै आर्थिक सहयोग संकलनमा सहयोग गर्ने सबैलाई धन्यबाद पनि ब्यक्त गरेकी छिन् । कार्यक्रमको सहजीकरण स्थानिय समदर्शी युवाक्लबका सल्लाहकार चेतमान सेजुवालले गरेका थिए ।