दाङ, २१ पुस । नेपाल पर्यटन पत्रकार संघ केन्द्रीय समिति नेतृत्वको एक टोलीले आज उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग भेटघाट गरेको छ । अर्थमन्त्रीको कार्यकक्षमा पुगेर टोलीले भेटघाट गरेको थियो ।

15910111_1326219317417778_90763912_nभेटघाटमा संघका केन्दीय अध्यक्ष धनिराम शर्माले मध्यपश्चिमको पर्यटन प्रवद्र्धनको विषयमा अर्थमन्त्रालयसँग धारणा राखेका थिए । सो अवसरमा अर्थमन्त्री महराले संघको कार्यक्रमलाई सक्दो सहयोग गर्ने र त्यसमा मन्त्रालय सकारात्मक भएको प्रतिकृया दिएका थिए ।

टोलीमा नेपाल पर्यटन पत्रकार संघका केन्द्रीय अध्यक्ष धनिराम शर्मा, बर्दिया जिल्ला अध्यक्ष दीपक शर्मा , सचिव भीमउचाई ठकुरीलगायत रहेका थिए । संघले नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा यही माघ १४ र १५ गते घोराहीमा पर्यटन पत्रकारिता तालिम सञ्चालन गर्ने महासचिव केशरमान विसीले जानकारी दिए ।