तुलसीपुर २१ पुस । निजि तथा आबासीय बिद्यालय अर्गनाईजेशन नेपाल (प्याबसन) दाङले २७ औ स्थापन दिवस मनाउने भएको छ । तुलसीपुरको अरणीको मैदान नजिक रहेको समिक्षालयमा शुक्रबार एक कार्यक्रमका बिच दिवस मनाउन लागेको हो ।
स्थापन दिबसलाई प्याबसनका केन्द्रिय सल्लाहकार नारायण अधिकारीले सम्बोधन गर्ने छन् । प्याबसनका तुलसीपुर संयोजक डम्बर डाँगीका अनुसार कार्यक्रम शुरु हुनपुर्ब तुलसीपुरको गुम्राहचोकबाट ¥यालि निकालिने छ । बिहान सवा दश बजे देखी शुरु हुने ¥यालिले तुलसीपुर बजार परिक्रमा गरी समिक्षालयमा पुगेर कार्यक्रममा परिणत हुने छ ।
कार्यक्रममा बिभिन्न बिद्यालयहरुले झाँकी लगायत संस्कृति झलकने प्रस्तुती राख्ने छन् । कार्यक्रममा उपस्थितिका लागि प्याबसनमा आबद्ध सम्पुर्ण बिद्यालयहरुलाई उपस्थितिका लागि अनुरोध पनि गरिएको छ ।
