काठमाडौं, २१ पुस । झण्डै ३३ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

download-1दुबईबाट एयर अरेवियाको जहाजमार्फत काठमाडौं ओर्लिएका नेपालगञ्जका गोपालबहादुर शाही, मोरङका दिलबन्धु थापा र जनकपुरका सन्तोष काफ्लेलाई लगेजसहित केन्द्रिय अनुसन्धान ब्यूरो सिआइबीले पक्राउ गरेको प्रहरी उपरीक्षक मीरा चौधरीले जानकारी दिएका छन् ।

उनीहरुको साथबाट १० तोलाको दरले २ सय ८२ वटा सुनको टुक्रा, १८ वटा सिक्री, १९ वटा औँठी बरामद गरिएको प्रहरी उपरीक्षक चौधरीले बताए । उनीहरुलाई प्रहरी वृत्त गौशालामा राखेर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।