इन्द्रेणी संवाददाता
दाङ, २१ पुस । दाङको मावि झिङनीमा आजदेखि नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको व्यवस्थापपिका–संसदका सदस्य सुशीला चौधरीले उद्घाटन गरेकी हुने ।
दाङ जिल्ला खेलकुद विकास समितिको आयोजनामा शुरु भएको निर्वाचन क्षेत्र नं. २ स्तरीय प्रतियोगिताको उद्घाटन गर्दै खेल मानव स्वास्थ्यको लागि राम्रो हुनुका साथै राष्ट्रिय गौरवको क्षेत्र पनि भएको सांसद चौधरीले बताइन् ।
खेल पुस २४ गतेसम्म चल्ने भने सो प्रतियोगितामा विभिन्न खेत तथा एथ्लेटिक्स सँग सम्बन्धीत विषयहरु पनि समावेस गरिएको छ । प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयको सहभागिता रहेको छ ।
