घोराही, २१ पुस । घाइते अवस्थामा फेला परेको चितलको उद्धार गरिएको छ ।

injसतवरिया–३ उचानिम्बुमा कर्री सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष किशोर घर्तीले घाइते अवस्थामा फेला पारेको उक्त दुर्लभ वन्यजन्तु चितलको उचारका लागि घोराही पठाइएको र जिल्ला वन कार्यालयको जिम्मा लगाइएको छ ।

उपचारका लागि पशुसेवा कार्यालय दाङमा पठाइएको हो । चितललाई गाडीले ठक्कर दिएको हुन सक्ने आशंका गरिए पनि कुन गाडीले कतिवेला ठक्कर दिएको पत्ता लाग्न सकेको छैन ।