काठमाडौं, २१ पुस । लामो समयदेखि विवादित बन्दै आएको संविधान संसोधनको पक्षमा दुईतिहाई पु¥याउन सत्तारुढ दल नेपाली काग्रेस र नेकपा माओवादी केन्द्र कसरतमा जुटेको छ । सर्वाेच्चको फैसलापछि संसोधन प्रक्रिया जाने अवस्था सृजना भएपछि संस्दबाट प्रस्ताव पास आवश्यक मत जुटाउन सत्ता पक्ष जुटेको हो ।
प्रस्तावको पक्षमा दुईतिहाइ बहुमत पु¥याउन कांग्रेस, माओवादी र मधेसी मोर्चाबीचको त्रिपक्षीय बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।
माओवादी केन्द्र केन्द्रीय कार्यलय सदस्य हरिबोल गजुरेलले जसरी प्रस्तावको पक्षमा दुई तिहाई पु¥याएर छाड्ने दाबी गरे । ‘नेकपा एमाले नै सहमतिमा आउने सम्भावना बढेको छ । संसदमा संशोधन प्रस्तावमाथि छलफल हुँदै गएपछि मतदानको प्रक्रियासम्ममा दुई तिहाई पुग्छ, उनले भन ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले आजदेखि नै मधेसी मोर्चा, माओवादी र कांग्रेस दुईतिहाइ मत पु¥याउन लागि पर्ने बताए । सरकारलाई समर्थन गरेको २ सिट भएको परिवार दल वाहिरको छ । संसदमा हाल ५ सय ९५ सासंद छन् । प्रस्तावको पक्षमा दुई तिहाई मत पु¥याउन ३ सय ९४ आवश्यक पर्नेछ ।
