दाङ, १९ पुस । दाङ क्षेत्र नम्बर २ अन्र्तगत सञ्चालन हुने थालेको विद्यालय स्तरिय नवौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगिरहदा विवाद देखिएको छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बेला जिल्ला खेलकुद विकास समितिले मंगलबार आकस्मिक बैठक बसी उक्त प्रतियोगिता तत्काल स्थगित गर्न आग्रह गरेको छ ।
आफुहरु संग कुनै पनि प्रकारले समन्वय नगरी सञ्चालन गर्न थालेको प्रतियोगिता सञ्चालन हुन नदिने गरी समितिको बैठकले निर्णय गरेको छ । खेलकुद विकास समितिका अध्यक्ष डिल्ली डाँगीको अध्यक्षतामा बसेको बैठकले आफुहरु संग कुनै पनि समन्वय नगरी क्षेत्र नम्बर २ स्तरिय सञ्चालन हुने खेलकुद प्रतियोगिताको बारेमा आफुहरु संग समन्वय नभएको निर्णय गरीएको छ । आयोजकको रुपमा लक्ष्मीपुरको मावि झिङ्नी बन्जाडीले यहि पौष २१ गते देखि २४ गते सम्म प्रतियोगिता सञ्चालन गर्ने गरी तयारी अन्तिम चरणमा पुर्याएको छ ।
यता आयोजक विद्यालय मावि झिङ्नी बन्जाडीका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले खेलकुद विकास समितिकै कर्मचारीको निर्देशन अनुसार आफुहरुले काम कार्बाही सञ्चालन गरेको बताए ।
नवौ राष्ट्रपति खेलकुद प्रतियोगिताका लागि निर्बाचन क्षेत्रस्तरिय खेलकुद प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले समेत आफहुरुलाई खेलकुद प्रतियोगिता सञ्चालन गर्न कुनै रोकटोक नभएको बताएको आयोजक विद्यालयका पुर्वछात्र तथा दाङ जिल्ला उद्योग बाणिज्य संघका उपाध्यक्ष नारायण भुषालले बताए ।
